पर्यटकीय गन्तव्यस्थल बन्दै बुटवलकाे मणिमुकुन्द सेन उद्यान

बुटवलको पश्चिम-उत्तरतर्फ जितगढी किल्ला र पुरानो बटौली बजारको माथिल्लो भागमा अवस्थित मणिमुकुन्द सेन उद्यान चुरेको शीरमा रहेको ऐतिहासिक स्थल नुवाकोट पैदलमार्गको प्रस्थान विन्दु हो ।

सम्बन्धित सामग्री

वनस्पति उद्यानमा आगन्तुकको ओइरो

जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित ‘धिताचौर वनस्पति उद्यान’ पर्यटकीय गन्तव्य बनेको छ । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेसँगै यो उद्यान गन्तव्यको रुपमा विकास भएको हो । विभिन्न वनस्पतिको अध्ययन–अनुसन्धान तथा संरक्षणका लागि सञ्चालित यो उद्यान समुद्र सतहदेखि २५ सय ३६ मिटर उचाइमा अवस्थित छ । उद्यानमा अहिले दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक जान थालेका छन् । […]

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका […]

पर्यटकीय गन्तव्य बन्दै दाङ

लमही नगरपालिका–३ स्थित  जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ  । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज  र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिए । यो ताल प्रदेश सरकारको पहिलो प्राथमिकतामा समेत परेको छ । जखेरा शिवालय विकासका लागि सङ्घीय सरकारबाट बाटो र उद्यान निर्माणका लागि रु आठ करोड, प्रदेश सरकारबा

पर्यटकीय गन्तव्य बन्दै सिद्धिविनायक उद्यान

काठमाडौँ,१७ जेठ । बाँकेको डुडुवा गाउँपालिका–५ नानापुरस्थित सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । उद्यानमा अहिले दैनिकजसो सर्वसाधारण घुमफिर गर्न आउने गरेका छन् । नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाटसमेत सर्वसाधारण उद्यानमा घुम्न आउने गरेको क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताए । उनका अनुसार उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरी बाह्य तथा […]

पर्यटकीय स्थल टोड्के पदमार्ग निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु गरेको हो । वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जिम्मा लिएको निर्माण कम्पनीले झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण सुरु गरेको जानकारी दिए । ‘गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेका हौं’, उनले भने, ‘झिँ हुँदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्गलगायत पूर्वाधार बनाउन लागिएको हो ।’      सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख २ हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान १ करोड १ लाख गरिएको थियो । कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म १ सय मिटरभन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना छ ।       पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य छ । ०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए । उनका अनुसार ढुंगा बिछ्याइने उद्यान परिसरमा पर्यटक बसेर दृश्यावलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ ।       पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि २ हजार २०० मिटर उचाइमा अवस्थित टोड्केमा झिँ हुँदै दृश्यावलोकन गर्न जान सहज हुने, यात्रा अवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पाखोको चिप्लो र भिरालो तथा साँघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो । गुराँसको जंगलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धौलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।      टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । राससa

पाल्पाको तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् । सो उद्यानबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवनलगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । स्थानीय बासिन्दा भुवन रायमाझीले अग्लो डाँडाबाट अन्य स्थान अवलोकन तथा घुमफिरका गर्न रुचाउनेका कारण अहिले यस क्षेत्र चहलपहल बढेको बताए । जिल्लाको पश्चिम क्षेत्रमा हेर्नलायकको धार्मिक पर्यटकीय गन्तव्यको रूपमा उद्यानलाई विकास गरिएको छहरा –४ वडाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । उद्यान गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका लागि उपयुक्त रहेको बताइएको छ । पछिल्लो समय कोरोना संक्रमणले आन्तरिक पर्यटकमा कमी देखिएको छ । आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता समेत रहेका पोखरेलले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले तिलकथान उद्यानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थप बजेटको व्यवस्था भएको जानकारी दिए । २ वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ । चालू आर्थिक वर्ष पार्कलाई तारबारले घेर्ने योजना छ । उनका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार काम भएको बताए । गाउँपालिकाभित्र तरकारी, सुन्तला, कफी उत्पादनमा पाल्पामै अगाडि रहेको र तरकारी तथा सुन्तला  करोड रुपैयाँभन्दा बढीको निकासी हुँदै आएको उनले जानकारी दिए ।   लुम्बिनी–बल्ढेङगढी सडकलाई कालोपत्र गर्ने काम गाउँपालिकाले सुरु गरेको छ । यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताए । रासस

पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा नपसी फर्कने कमै हुन्छन् । दशै, तिहार र छठपछि त यस उद्यानमा भारतीय र आन्तरिक पर्यटकको भीड लाग्ने स्मारक व्यवस्थापक आरसी न्यौपाने बताउनुहन्छ । उहाँका अनुसार वनभोज, विवाह, व्रतबन्ध, गोष्ठी, अधिवेशन जस्ता कार्यक्रमले स्मारकलाई व्यस्त राख्ने गर्छ । अध्ययन भ्रमण तथा घुमघामका लागि पनि यो स्मारक एक आकर्षण बनेको छ । त्यसैले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । यहाँ वार्षिक पाँचदेखि छ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकीय याममा भने यहाँ दैनिक पाँचदेखि सात हजार मानिस आउने गर्छन् । शहीदहरुको स्मृतिमा देशभर निर्माण भएका स्थलमध्ये सबैभन्दा ठूलोस्थलको रुपमा रहेको शहीद स्मारक देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।  निजी क्षेत्रबाट निर्माण भएर पनि देशमै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दै गएको शहीद स्मारक उद्यान, हेटौँडामा अहिले दैनिक औसत दुई हजार भन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्मारक कार्यालयले जनाएको छ । पर्यटकलाई आकर्षित गर्न उद्यान क्षेत्रमा बालउद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोजस्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, आकर्षक प्रवेशद्वार, झोलुङ्गे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, बगैचा, धरहरा पार्क, मैत्रीपार्कलगायतका संरचना बनाइएको छ ।

बुलबुले विस्तार तर व्यवस्थापन नहुँदा जताततै फोहोर, 'पानी नै छैन, ताल रे!'

सुर्खेत : कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बुलबुले उद्यान पूर्वाधारसहित थप स्तरोन्नति गरिएको छ। सुर्खेत उपत्यका नगरविकास मातहत रहेको कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्य बुलबुले तालको विस्तार गरिए पनि व्यवस्थापन भने निकै कमजोर छ। पर्यटकको प्रमुख आकर्षणको केन्द्र ताल सरसफाइ र उचित व्यवस्थापन नहुदाँ पर्यटकहरु खिन्न बनेर फर्कन्छन्। मुख्य तालको अवस्था

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

तत्कालीन नेकपा (माओवादी) र सरकारबिचको द्वन्द्व समाधान तथा शान्तिको कामना गर्दै निर्माण गरिएको राप्ती शान्ति उद्यान स्थानीयस्तरमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। तुलसीपुर उपमहानगरपालिका–७, गणेशपुरमा रहेको उक्त उद्यानमा भ्रमण तथा घुमफिरसँगै वनभोज तथा वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ। यस उद्यानमा घुमफिर, पिकनिक तथा अध्ययनका लागि दिनहुँ सर्वसाधारणको भिड लाग्ने गरेको छ। पछिल्ला वर्षमा उद्यानको विकास र विस्तार भएसँगै यहाँ जिल्लाबाहिरबाट पनि आउने गरेका छन्।