पर्यटकीय स्थल टोड्के पदमार्ग निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु गरेको हो । वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जिम्मा लिएको निर्माण कम्पनीले झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण सुरु गरेको जानकारी दिए । ‘गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेका हौं’, उनले भने, ‘झिँ हुँदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्गलगायत पूर्वाधार बनाउन लागिएको हो ।’      सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख २ हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान १ करोड १ लाख गरिएको थियो । कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म १ सय मिटरभन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना छ ।       पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य छ । ०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए । उनका अनुसार ढुंगा बिछ्याइने उद्यान परिसरमा पर्यटक बसेर दृश्यावलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ ।       पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि २ हजार २०० मिटर उचाइमा अवस्थित टोड्केमा झिँ हुँदै दृश्यावलोकन गर्न जान सहज हुने, यात्रा अवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पाखोको चिप्लो र भिरालो तथा साँघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो । गुराँसको जंगलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धौलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।      टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । राससa

सम्बन्धित सामग्री

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

४ फागुन, ढोरपाटन ।  बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग […]

पक्की पदमार्ग निर्माण

बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गरेका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि वडा कार्यालय पुग्ने गरी पक्की पदमार्ग निर्माण गरेकोे हो । द्वन्द्वका क्रममा ज्यान गुमाएका खड्काको सम्झनामा पक्की पदमार्ग निर्माण गरिएको हो । पालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका […]

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै

बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै छ।

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण

काठमाडौँ,२० माघ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ । गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका […]

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

२६ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई […]

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

काठमाडौँ,२६ असोज । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति […]

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् ।पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ । पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको ला

दुरुलेकमा पदमार्ग निर्माण

म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ ।म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकीय स्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताइन् । उनले प्रदेश सरकारको थप १० […]

बैतडीको शर्माली गढीमा पदमार्ग निर्माण

बैतडीको शिवनाथ गाउँपालिका २ मा पर्ने ऐतिहासिक शर्माली गढीमा पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ।...

मालिका धुरी पुग्ने पदमार्ग निर्माण

म्याग्दी-धार्मिक पर्यटकियस्थल मालिका धुरी पुग्ने पदमार्ग निर्माण गरिएको छ । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी पुुग्ने पदमार्ग निर्माण गरिएको हो ।गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने एक हजार २७२ मिटर पदमार्ग निर्माण गरिएको भू–संरक्षण […]