पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

तत्कालीन नेकपा (माओवादी) र सरकारबिचको द्वन्द्व समाधान तथा शान्तिको कामना गर्दै निर्माण गरिएको राप्ती शान्ति उद्यान स्थानीयस्तरमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। तुलसीपुर उपमहानगरपालिका–७, गणेशपुरमा रहेको उक्त उद्यानमा भ्रमण तथा घुमफिरसँगै वनभोज तथा वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ। यस उद्यानमा घुमफिर, पिकनिक तथा अध्ययनका लागि दिनहुँ सर्वसाधारणको भिड लाग्ने गरेको छ। पछिल्ला वर्षमा उद्यानको विकास र विस्तार भएसँगै यहाँ जिल्लाबाहिरबाट पनि आउने गरेका छन्।