तारमाथि पर्यटन खोज्दै बुटवल : १० हजार यात्रु क्षमताका दुई केबलकार सञ्चालनमा आउँदै

बुटवल । पर्यटनबाट विकासको सम्भावना खोजिरहेको बुटवलमा ठूला लगानीकर्ताहरू केवलकार निर्माणतर्फ आकर्षित भइरहेका छन् । आँफैमा धेरै पर्यटकीय गन्तव्य रहेको यस क्षेत्रमा एक क्षेत्रबाट अर्को पर्यटकीय क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ । पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केवलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केवलकार निर्माण गर्न थालिएको हो । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर र वडा नं २ को नुवाकोटगढी जोड्न तिनाउ नदीको वारिपारी बेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केवलकार र सिद्धार्थ केवलकार निर्माणको काम तीव्र पारिएको छ । तिनाउ नदीको पूर्वमा सिद्धार्थ राजमार्गसँगै बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेशन रहेको लुम्बिनी केवलकारको टप स्टेशन पाल्पाको तिनाउ–३ वसन्तपुरमा राखिने छ । वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित त्यसको आधारका रुपमा केवलकार निर्माण गर्न लागिएको लुम्बिनी केवलकार प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताए ।  यसले पाल्पाको वसन्तपुर क्षेत्रमात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने छ। उक्त केवलकारको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए। साढे ३ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भइरहेको लुम्बिनी केवलकार आगामी वर्ष वैशाखसम्म सम्पन्न गर्नेगरी काम भइरहेको छ । वसन्तपुरमा रहेको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । यहाँ आउने पर्यटकलाई बसाउनका लागि रिसोर्ट, पाँच तारे होटल र उद्यानसहितका संरचना बनाउने काम भइरहेको छ । पाल्पाको वसन्तपुर डाँडामा १५० कोठासहितको पाँचतारे होटल बन्दै छ । लुम्बिनी केवलकारमा २५ ओटा गोण्डुला (बाकस) रहनेछन् । एउटा गोण्डुलामा आठ यात्रु चढ्न मिल्छ । यसमा प्रतिघन्टा ६०० यात्रु आवतजावत गर्न सक्ने छन् । यो केवलकार नियमितरुपमा सञ्चालनमा आए दैनिक ५ हजार व्यक्तिलाई ओहोरदोहार गराउन सकिने लुम्बिनी केलवकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । त्यस्तै तिनाउ नदी पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै मणिमुकुन्द सेन उद्यान (फूलबारी)को उत्तरतर्फको शिखर देउराली वनमा आधार स्टेशन रहेको सिद्धार्थ केवलकारले पाल्पाको ऐतिहासिक एवं पुरातात्विक महत्वको नुवाकोटलाई जोड्नेछ । यो केवलकारको पनि आधार स्टेशन शिखर देउराली र पाल्पाको तिनाउँ गाउँपालिका–२ नुवाकोटमा पूर्वाधार निर्माणको कामलाई तीव्र बनाइएको छ । सिद्धार्थ केवलकारले सुविधा सम्पन्न रिसोर्ट बनाइरहेको छ । त्यस्तै यहाँ बसपार्क, बाल उद्यान, पर्यटन सूचना केन्द्र, शान्ति उद्यान, गुम्बा, भ्यूटावर, स्वास्थ्य केन्द्रलगायत संरचना बन्नेछन् । यो केवलकारको तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७ फागुन ९ गते शिलान्यास गरेका थिए । १ दशमलव ९४ किमी लम्बाइको सिद्धार्थ केवलकारमा शिखर देउराली वनमा रहेको बेस स्टेशनबाट नुवाकोट डाँडामा आठ मिनेटमा पुग्न सकिनेछ । नियमितरुपमा केवलकार सञ्चालनमा आउँदा दैनिक ५ हजार यात्रु ओहरदोहर गर्न सक्ने सिद्धार्थ केवलकारका अध्यक्ष ई राजेन्द्रसिंह गुरुङले बताए । उनका अनुसार यो केवलकार अबको करीब सात महीनाभित्र निर्माण सम्पन्न हुनेछ । केवलकार निर्माणसँगै रुपन्देहीले दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको उल्लेख गर्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले केवलकार सञ्चालनमा आए यहाँको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरे । गर्मी याममा बुटवल तथा यस आसपासको तराईको अधिकतम तापक्रम ४०/४२ डिग्री सेल्सियस हुन्छ भने त्यही समयमा पाल्पाको ती स्थानको अधिकतम तापक्रम २० देखि ३० डिग्री सेल्सियस रहने भएकाले केवलकारले तराईको गर्मी छल्न मद्दत पुग्ने छ । रासस

सम्बन्धित सामग्री

नेपालमा विशेषज्ञ चिकित्सक १० हजार ८० मात्रै

काठमाडौं : वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरको संख्या बल्ल १० हजार पुगेको छ। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको संख्या भने ३२ हजार २१८ पुगेको छ। काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको बताए। उनले नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिए। तीमध्ये

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ ।

चुनावमा १० हजार लौरो किन्दै प्रहरी

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किन्न अर्थ मन्त्रालयले सहमति दिएको छ । १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख बजेट स्वीकृत गरेको हो ।मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।  प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ । प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न

रारामा एक वर्षमा १० हजार पर्यटक

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो । पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य प

रारामा एक वर्षमा भित्रिए १० हजार पर्यटक

मुगु-  जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको […]

पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी

स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।...

संक्रिय संक्रमित १० हजार भन्दा कम

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन्।

भारतमा थप १० हजार कोरोनामुक्त

काठमाडौँ –भारतमा थप ९ हजार ८६८ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको विवरणअनुसार शुक्रबार मात्रै त्यहाँ १० हजार २६४ जना निको भएका थिए । त्यहाँ १० हजार ५४९ जना कोरोना संक्रमित थपिएका थिए भने ४८८ जना संक्रमितको मृत्यु भएको थियो । यही अवधिमा भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १० हजार १ जनामा झरेको […]

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।  मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । उनी सुत्केरी थिइन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४

टी–२० मा वार्नरको १० हजार रन पूरा

एजेन्सी। सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले ट्वान्टी–२० प्रतियोगितामा १० हजार रनको कोशेढुङ्गा पार गरेका छन्। गएराति चेन्नई सुपर किङ्सविरुद्ध ५७ रन बनाएसँगै वार्नरले ट्वान्टी–२० प्रतियोगितामा १० हजार रनको आंकडा पार गरेका हुन्। वार्नर १० हजार रनको आंकडा पार गर्ने चौथो ब्याट्सम्यान बनेका छन्। ट्वान्टी–२० मा क्रिस गेल, किरन पोलार्ड र शोएब मलिकले १० हजार रन पूरा गरेका छन्।