प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए । विरोधको सूचना दर्ता गराएका