संसद बैठक बस्दै, अवरोध भए पनि बजेट पारित गर्ने तयारीमा सरकार

काठमाडौँ – विपक्षीको अवरोधका बाबजुद प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारीमा सरकार रहेको छ । संसद बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ र उसले सोमबारको बैठकमा पनि अवरोध कायम राख्ने जनाएको छ । तर अवरोध भए पनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐनहरु प्रस्तुत […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, सुरु भएन बजेटमाथिको छलफल

बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठक नै बसेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट ल्याएको चौथो साता बित्दा पनि छलफल सुरु हुन नसकेको हो ।

आगामी चुनावमा एमाले पहिलो पार्टी हुन्छ– केपी ओली

ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो ।

के हो नेपालमा पहिलो पटक बुधबारदेखि हुन लागेको 'बजेट होलिडे' ?

नेपालको इतिहासमा पहिलो पटक बजेट होलिडे हुने भएको छ । बजेट होलिडे भनेको सरकारले बजेट पास गर्न नसकेर सरकारी कोषबाट रकम खर्च गर्न नसक्ने अवस्था हो । यहि अवस्था नेपालमा भदौ ३० गते बुधबारदेखि आउने भएको हो । संसदबाट बजेटको प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि बुधबारबाट सरकारी खर्च गर्ने बाटो बन्द हुने भएको छ । यसो हुँदा सरकारले कर उठाउन सक्छ तर खर्च गर्न सक्दैन । यहि अवस्थालाई नै बजेट होलिडे भनिएको हो ।यस संगै केहि दिन सरकारी कोषबाट रकम खर्च हुदैन । संसदबाट बजेट पारित गर्न नसकेपछि सरकारले केहि दिन नियमित खर्च गर्न नपाउने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पनि प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् । संसदमा विनियोजन विधेयक पेश गरेपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका हुन् । भोलि बुधबार राति १२ बजेबाट केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट ल्याएको बजेटको ६० दिन पुग्दैछ । ६० दिनमा अध्यादेश पारित नभए स्वत निष्क्रिय हुन्छ । ओली सरकारले ल्याएको बजेट निष्क्रिय भएको र अहिले पेस भएको प्रतिस्थापन विधेयक पारित नभएकाले ५/७ दिन सरकारी खर्च रोकिने अर्थमन्त्रीको भनाइ थियो । अर्थमन्त्रीका शर्माअनुसार कर उठाउने विशेष व्यवस्था हुनेछ । सरकारले अहिले ल्याएको बजेट संसदको आउँदो बैठकमा पास हुने संकेत गरेको छ । शर्माले सकभर सहमतिमै नभए प्रक्रियाअनुसार विधेयक पारित हुने बताए । यसका लागि वार्ता, सम्वाद, छलफल भइरहेको बताए । उनले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेका छन्। एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे थियाे ।मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताएका हुन् ।एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ । अर्को बैठक ४ गतेको लागि बोलाईएको छ ।३ वर्ष अगाडी अमेरिकामा पनि बजेट होलिडे भएको थियो । तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रंपले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउनको लागि बजेट बिनियोजन गरेर बजेट पेश गरेका थिए । संसदले सो बजेट पारित नगरी असफल पारिदिएको थियो । त्यसो हुँदा त्यहाँका सरकारी कार्यालयहरु बन्द भएका थिए । नेपालमा भने सरकारी कार्यालय संचालन हुन्छन् वा बन्द हुन्छन् अहिले नै प्रष्ट भईसकेको छैन ।यस्तो अवस्थामा सरकारसंग पेश्की खर्च विधयेक ल्याएर संसदबाट फास्ट ट्रयाकमा पारित गरेर खर्च गर्ने बाटो फुकाउने विकल्प रहेको भएपनि संसद बैठक ४ गतेसम्मको लागि स्थगित भएकोले सो बाटो समेत बन्द भएको छ ।

खर्च कसरी चल्छ ? देउवाको जवाफ : हिजो जसरी चल्याथ्यो, त्यसैगरी

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका छन् । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ । तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ […]

स्थगित भएको दुई महिनापछि बोलाइयो गण्डकीको संसद बैठक

दुई महिनाअघि बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेशसभाको बैठक बोलाइएको छ ।

राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद अनिश्चित

हेटौंडा : पछिल्लो समयको राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद बैठक अनिश्चित बनेको छ।केन्द्रमा एमाले नेतृत्वको सरकार ढलेर नयाँ सरकार आएसँगै बागमती प्रदेशमा पनि सरकार ढाल्ने र सरकारको आयु बढाउनेहरुको छुट्टाछुट्टै कसरत चलेको छ। जसले गर्दा बजेट पास गरेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको हो।प्रतिपक्ष दल वर्तमान सरकार ढाल्नलाई आवश्यक तयारी गर्न व्यस्त छ भने सत्तापक्ष आफ्नो आयुलाई लम्ब्याउने योजनामा छ। असारको २८ गते प्रदेश सरकारको चालु आव ०७८/७९ को बजेट पारित गरेर स्थगित भएको संसद वर्तमान राजनीति

एमालेको अवरोधबिच गण्डकी प्रदेशसभामा बहुमतले पारित भयो बजेट

पोखरा : गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अवरोधबिच बुधबारको बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो। बुधबार बिहान एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे माग राख्दै संसद बैठक चल्न नदिने बताएको थियो। आजै बिहान ११ बजेदेखि…

कर्णालीमा कांग्रेसले गर्‍याे संसद अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेशको संसद बैठक अवरुद्ध भएको छ। विपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरुद्ध गरेको हो। कांग्रेसका सांसदले बजेट पारित भएको लामो समयसम्म पनि रातो किताब नपाएको भन्दै बैठक अवरु