काठमाडौं : प्रतिनिधिसभाबाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएका थिए। एमालेको नाराबाजी बिच अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरेका थिए।
अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत…