एएफसी एसियन कप छनोटमा नेपाल समूह 'ए'मा: जोर्डन, कुवेत र इन्डोनेसिया प्रतिस्पर्धी

काठमाडौं: एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। छनोटमा छ वटा समूह छन्। हरेक समूहमा चार टोली छन्। हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेका पाँच…

सम्बन्धित सामग्री

एएफसी एसियन कप छनोट : नेपाल र इन्डोनेसिया भिड्दै

काठमाडौं । अर्को वर्ष चीनमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावना समाप्त भइसकेको नेपालले आज छनोट प्रतियोगितामा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । तेस्रो चरणको छनोट प्रतियोगिताको समूह ‘ए’मा नेपाल यसअघि जोर्डन र कुवेतसँग पराजित भएको थियो । उक्त हारसँगै नेपालको अगाडिको यात्रा सकिएको छ । आजको खेल नेपालका लागि सान्त्वना...

नेपाल भर्सेस जोर्डन: पहिलो हाफ गोलरहित बराबरीमा रोकियो

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज जारी नेपाल र जोर्डनबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ। एएएफसी एसियन कप छनोट अन्तर्गत कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा जारी समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो। नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा अवसरहरु…

एएफसी एसियन कप : जोर्डन र नेपाल भिड्दै

जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा  छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खे

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दुबै खेल दोहामा हुनेछन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ ११ खेल्नेछ भने दोस्रो मैत्रीपूर्ण खेल १५ गते खेल्नेछ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहक

एएफसी एसियन कप छनोट : नेपाल कठिन समूहमा

काठमाडौं : नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन्।तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्। नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ। नेपालले कतार

एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा नेपाल कठिन समूहमा

काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणमा नेपाल कठिन समूहमा परेको छ ।  एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।  एएफसीले छनोटमा सहभागी २४ टोलीलाई...

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि समूह ‘ए’मा परेको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । समूह ‘ए’ मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । कुवेत्को सेन्ट्रलाइज्ड भेन्युमा हुने छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् […]