काठमाडौं : नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन्।तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्। नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ। नेपालले कतार