काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको हो ।इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले