जो भूकम्पमा ध्वस्त गोरखा ठड्याउन आएका थिए…

२०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखामा ध्वस्त भएको विद्यालय, सरकारी भबन, स्तरीय सडक, ब्यक्तीको घर पुननिर्माण गर्न अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ। बैशाख ३ गतेबाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर हिँडेका छन्। चिउरा र एक बोत्तलमा पानी बोकेर सयौँ मजदुर गोरखा बाहिरिने क्रम केही दिन यता चलिरहेको छ।

सम्बन्धित सामग्री

गोरखा भूकम्पको सात वर्ष : सिन्धुपाल्चोकमा ८३ हजार ९७१ घर पुनर्निर्माण

वैशाख १२, सिन्धुपाल्चोक । गोरखा भूकम्पको सोमवार सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।  यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगा जिल्लामा भूकम्पले क्षति पुर्‍याएको थियो ।  बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रुपमा घोषणा गरेको थियो । भूकम्पले करीब ९ हजार मानिसको निधन भएको थियो । भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार ५७० जनाको मृत्यु भएको थियो भने ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए ।  यहाँका ५४७ विद्यालय ध्वस्त भएकामा ९८ प्रतिशत विद्यालय निर्माण सम्पन्न भएका छन् । यहाँका ७५ ओटा स्वास्थ्यचौकीमा पूर्णरुपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।  भूकम्पबाट सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचीमा परेका थिए । हालसम्म तेस्रो किस्ता लिएर ८३ हजार ९७१ घर निर्माण भइसकेको र बाँकी निर्माणाधीन रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । यसअन्तर्गत २२ ओटा एकीकृत बस्ती निर्माण सम्पन्न भएका छन् । रासस

गोरखा र नुवाकोटका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न

न्युज अफ नेपाल, काठमाडौं । वि.सं. २०७२ सालको भूकम्पले ध्वस्त बनेको गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरूको पुनर्निर्माण सम्पन्न भएको छ । भारतीय दूतावासले सोमबार राजधानीमा एउटा कार्यक्रमको आयोजना गरी गोरखा र नुवाकोटका ५० हजार निजी घरको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र […]

काष्ठमण्डपः महोत्तरीको गौरव

महोत्तरी / गोरखा भूकम्पले ध्वस्त बनाएको रानीपोखरी फेरि जमेको छ भने धरहरा फेरि ठडिएको छ । त्यही भूकम्पले नै ढालेको राजधानी काठमाडौँमा पूर्वकालमा एउटै रुखको काठले

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेकी छन्।गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जाने गरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए पनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्

ठूलो आँगनमा 'हेभी' गाडी बन्दले गोरखा दरबार पुनर्निर्माणकाे काम रोकियो

गोरखा  ः तीनवर्ष अघिको भूकम्पले ध्वस्त गोरखा दरबार पुनर्निर्माणको काम रोकिएको छ। दरबार पुनर्निर्माणको जिम्मा पाएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले विभिन्न निर्माण सामग्री निर्माणस्थलमा पुर्‍याउन नसक्दा काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए। ‘१५ दिन भयो काम ठप्पै छ&rsq...

गोरखा भूकम्पको तीन वर्षः आईएनजीओले करोडौं सके, खोज्दा केही छैन

गोरखा : बारपाकलाई केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ। भूकम्पले गोरखामा मात्रै ६० हजार घर ध्वस्त पार्‍यो चारसय ७२ जनाको ज्यान लियो। भूकम्पले धनजनको क्षति त गर्‍यो नै विकासमा केही फड्को मार्न समेत सहयोग गर्‍यो। भूकम्पपछि गोरखामा दाताको पनि ठूलै लाइन लाग्यो। भूकम्पको तीन वर्ष पुगे प...

गोरखा दरबारको जग मजबुत बनोस् भन्दै गरियो पूजापाठ

गोरखा : भूकम्पले ध्वस्त गोरखा दरबार पुननिर्माणको लागि शुक्रबार जग मजमुत बनाउने काम सुरु गर्न पुजा गरिएको छ। शुक्रबार विहान १० : ३० बजे दरबारका ब्राह्मणहरूले साइत निकालेर पुजा गरेका हुन्।  गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले दरबारकाे भूकम्प पछिकाे पुननिर्माणको काम अब अाैपचािरक रुपमा सुरु भएकाे बताए...

भूकम्पले ध्वस्त केरौँजावासीलाई छाडेन विपद्ले, पहिरोले बने झनै पीडित

गोरखा: भूकम्पपछि स्थानान्तरण हुनुपर्ने वस्तीको पहिलो नम्बर सूचीमा रहेको गोरखाको केरौँजा गाउँ पहिरोको जोखिममा परेको छ। भूकम्पले ध्वस्त दुर्गम गाउँ केरौँजाका ६० घर उच्च जोखिममा परेको स्थानीय एलिजा गुरुङले बताइन्। ‘बर्खाको बेला पानी आएको छ। गाउँको माथिबाट पनि पहिरो झर्न थालेको छ। तलबाट पनि उत्तिकै पहिरो आएको छ&rsq...

यसरी जगैदेखि पुनर्निर्माण हुँदै छ गोरखा दरबार (हेर्नुहोस् फोटा)

गोरखाः २०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पले ध्वस्त गोरखा दरबारको पुनर्निर्माण सुरु भएको छ। विनाशकारी भूकम्पबाट गोरखाको पुरातात्त्विक तथा ऐतिहासिक गोरखा दरबार पनि अछुतो थिएन।  नेपाल एकीकरणका नायक  पृथ्वीनारायण शाहको दरबार तथा गोरखा दरबारलाई भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण गर्न लागिएको हो। भूकम्पले...