प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवामा निकट नेता भरतकुमार शाह प्रदेशको पहिलो सभापति बन्ने सपना पूरा गर्न सकेनन् ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा पराजित भए । संसदीय राजनीतिका चतुर खेलाडी शाहको लागि प्रदेश अधिवेशन बिर्सनलायक बन्यो । रूपन्देहीबाट तीन पटक निर्वाचित सांसद शाहलाई अन्तरपार्टीको निर्वाचनमा हार व्यहोर्नु पर्यो ।
उनी २०५६, २०७० र २०७४ मा रूपन्देही क्षेत्र नम्बर ५ बाट सानदार मतका साथ प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने श...