पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन्। नियुक्ति भएलगत्तै प्रदेश प्रमुख सिताकुमारी पौडेलले गुरुङलाई पद तथा गोपनीयताको शपथ पनि खुवाएकी छन्।
तर, गुरुङको पुनः नियुक्ति असंवैधानिक भएको विपक्षी गठबन्धनको ठहर छ। प्रदेश प्रमुखको उक्त निर्णय असंवैधानिक भएको नेकपा (माओवादी केन्द्र) निकट हरिबहादुर चुमान बताउँछन्। विपक्षी…