लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक रुपमा सत्तामा कायम रहेको दावी गर्दै विपक्षी दलहरुले नयाँ ढंगबाट सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिने तयारी गरेका छन् ।प्रदेशसभामा अल्पमतका बाबजुद मुख्यमन्त्री पोखरेलले सत्ता सञ्चालन गरेको दावी गर्दै काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष माग गर्न लागेका हुन् ।‘निवेदन तयार भइसकेको छ,’ नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले