लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनलाई उनले गलत काम नगरेको जनाउँदै लागूऔषध नियन्त्रण विभागले सफाइ दिएको छ ।
गएकाे अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागूऔषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागूऔषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जनाबाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।
सुरुमा विभागको मुम्बई कार्यालयले त्यस मुद्दाको अनुसन्धान गरेको थियो भने पछि विभागको प्रधान कार्यालय नयाँ दिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष ...