तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २३गते जैदी, हरिचौर र बोबाङमा सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं.७ जैदीको थुम्कामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना राजमोका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राजमोका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले सम्बोधन गर्नु थियो ।
त्यस्तै, राजमोका जिल्ला सदस्य लिला देबि शर्मा, साबिक जैदी गाविस पूर्व उपाध्यक्ष तथा साउदी नेपाली एकता समाजका ईन्द् पौडेल, अखिल नेपाल जनजाती सम्मेलन जैमिनी नगर समिति सचिव मान बहादुर राना, अखिल नेपाल शिक्षक संघका भुवन थापा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष शिव पौडेलको अध्यक्षता, पशुपति शर्माको सञ्चालन र वडा समिति सचिव गोबिन्द पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
टोली नं. २ ले गलकोट नगरपालिका वडा नं.५ हरिचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, जातीय समता समाजका खडक बिक, अखिल नेपाल महिला संघ हरिचौरका अध्यक्ष देबी खत्रीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य बिष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, राजमोका गलकोटका सदस्य नैन सिङ थापा, राजमोका ताराखोलाका कोषाध्यक्ष भिम चोखाल लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम ...