राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘ विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं’ । भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २६ गते सर्कुवा र पैयुपाटामा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । प्रमुख अतिथि अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले कार्यकर्तालाई प्रशिक्षण दिदै भन्नु भयो प्रधानमन्त्री केपी ओलीले असंवैधानिक किसिमले संसद विघटन गरेर राजनैतिक अस्थिरता निम्ताएकोले बैदेशिक चलखेल बढेको बताउनु भयो । उहाँले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता लाई बचाउन एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भयो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जनता मावि सर्कुवाको भुतपूर्व प्रअ मेघराज ढकाल, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा साबिक सर्कुवा गाविसका भुतपूर्व अध्यक्ष भरत पौडेल लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष खगेन्द्र थापाको सञ्चालन र सचिव मुकुन्द पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । यसैगरी, टोली नं २ ले बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा मा वडा प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य लोकनाथ शर्माले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम भैर बहादुर रोकाको अध्यक्षता सम्पन्न भएको थियो । अभियान अन्तरगत छिस्तीमा जिल्ला सदस्य डिल बहादुर श्रीसको बिशेष उपस्थितिमा धुस वाईनकुना भडकुवा टोल समिति गठन भएको छ । समितिका अध्यक्ष जिवन पुनको अध्यक्षता, हेमराज शर्माको सञ्चालनमा सम्पन्न टोल भेलाले दल बहादुर क्षेत्रीको अध्यक्षता १३ सदस्यीय समिति चयन भएको छ । यो पनि बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍ बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र ...