तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरौं । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेको बिशेष संगठनात्मक अभियान अन्तर्गत बाताकाचौर र बोहरागाउँमा कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको सिग्दीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले राजनैतिक स्थायित्व कायम गर्ने प्रतिबद्धता गरेर जनताबाट झण्डै दुई तिहाईको जनमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अवमूल्यन गरेको बताउनुभयो ।
देशलाई अस्थिर बनाएर विदेशी शक्ति केन्द्रलाई निम्तो दिएको भन्दै उहाँले यसले राष्ट्रियतासमेत खतरामा पारेको उल्लेख गर्नुभयो । ढुंगानाले राष्ट्रियतालाई जोगाउन अधिनायकवादी कदम बिरुद्धको सघर्षमा होमिन सबैलाई आव्हान पनि गर्नु भयो ।
राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन लगायतले मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापा, प्रगतिशील पत्रकार संघका जिल्ला कोषाध्यक्ष प्रकाश छन्त्याल, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका सदस्य तथा वडा सदस्य दिपा सुनार, टेक बहादुर केसी लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष पृथबहादुर पुनको अध्यक्षता, पालिका सदस्य शेरबहादुर पुनको सञ्चालन र वडा समितिका सदस्य पूर्ण बहादुर श्रीसको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यता, टोली नं.३ ले निसीखोलाको बोहरागाउँमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, जिल्ला सदस्य थमन घर्ती, दुर्गादेबि घर्ती, प्रगती बुढा ...