राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र गादीखोलामा

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २२गते राङखानी, मल्म र गादीखोलामा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं.१० राङखानीको ब्यार्थलामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपाली र राजनैतिक स्थिरता कायम गर्ने सपना देखाएर जनताको झण्डै दुई तिहाई जनमतलाई धोका दिएको बताउनु भयो । संसद बिघटन असंवैधानिक, अलोकतान्त्रीक कदम भएकोले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर जनताको विश्वाश जगाउनु पर्ने बताउदै नेपाली जनताहरुले कुनै पनि हालतमा निरङकुशतालाई स्वीकार नगर्ने बताउनु भयो । त्यस्तै, राजमो केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राजमो परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्मा, राजमो बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापाले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजमो जिल्ला सदस्य लिला देबि शर्मा, जिल्ला सदस्य तथा जैमिनी नगर कार्यपालिका सदस्य दिल कुमारी श्रीस, अखिल नेपाल किसान संघ बागलुङका सचिव बिरेन्द्र थापा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, वडा सदस्य कल्पना बिक, राजमो राङखानीका सल्लाहकार टेक बहादुर श्रीस लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षता, दान बहादुर थापाको सञ्चालन र वडा न. १० का वडा अध्यक्ष नर बहादुर थापाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । बुधबार नै राजमो बागलुङका जिल्ला सदस्य डिल बहादुर श्रीसको प्रमुख आतित्थ्यतामा जैमिनी वडा नं ८ छिस्तीको केवै खोलाखानी टोल भेला वडा समिति ८ का ...

सम्बन्धित सामग्री

आज पनि माओवादी केन्द्रिय समिति बैठक बस्दै, प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रिय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन । पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने सोमवाट सुरु हुने भएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका […]

राजमो बागलुङद्वारा विशेष संगठनात्मक अभियानको समीक्षासहित कार्यशाला सम्पन्न

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले करिब डेढ महिनादेखि सञ्चालन गरेको विशेष संगठनात्मक अभियानको समापन गर्नुका साथै कार्यशाला सम्पन्न गरेको छ । ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सञ्चालन भएको विशेष संगठनात्मक अभियानको समीक्षा तथा कार्यशाला शनिबार बागलुङ बजारमा सम्पन्न गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बर्तमान ओली सरकारको प्रतिगामी कदमका विरुद्ध सशक्त आन्दोलन गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले जनताको आशा र भरोसाको एक मात्र केन्द्र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु जस्तो सुकै अप्ठ्यारोमा पनि जनताका बिचमा पुग्न र संगठित पार्न कार्यकर्तालाई अनुरोध गर्नु भयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्मबहादुर कुंवर, नेपाल कम्युनिस्ट पार्टी (मसाल) बागलुङका प्रवक्ता मेघबहादुर पाईजा, राजमो बागलुङका सचिवालय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाही, जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल (छैठौं) बागलुङका अध्यक्ष ईन्द्रमणी पाण्डे, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी लगायतका नेताहरुको आतित्थ्यता रहेको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधि जनमोर्चाका जिल्ला, पालिका र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य गौरीश्वर पाण्डेको अध्यक्षता, परिषद् सदस्य तिलक थापाको स्वागत मन्तव्य र अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनको सन्चालनमा सम्पन भएको थियोे । कार्यक्रममा बिशेष संगठनात्मक अभियानको समीक्षा र आगामी कार्यक्रम साथै ओली सरकारले गरेका असंवैधानिक कदमका बिरुद्ध आन्दोलनका कार्यक्रम समेत तय गरेको छ भने फागुन ९ र १० गते बागलुङ बजारमा राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको प्रशिक्षण भेला सम्पन्न हुँदैछ ।

बिशेष संगठनात्मक अभियान अमलाचौरमा सम्पन्न

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७पौष २८ गते अमलाचौरमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं. २ ले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले प्रशिक्षणको क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति बिपरित र असंवैधानिक तरीकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाईदा पुर्याउने काम गरेको बताउनु भयो । उहाँले बैदेशिक चलखेलले राष्ट्रियता समेत खतरामा परेकाले सबै राष्ट्रबादी शक्ति आन्दोलित हुनु पर्ने बताउनु भयो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जिल्ला सदस्यहरु लोकनाथ शर्मा र योगेन्द्रराज पौडेलले पनि मन्तब्य दिनु भएको थियो । कार्यक्रममा जातीय समता समाज बागलुङका जिल्ला सदस्य गोबिन्दलाल बिक, अखिल नेपाल महिला संघ नगर सदस्य मुमा शर्मा, बयोबृद्ध बामपंथी नेता सालीकग्राम शर्मा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष घनश्याम बिकको अध्यक्षता, उपाध्यक्ष गोबिन्द् प्रशाद पौडेलको सञ्चालन र मुमा देबि शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । भने भोलि पौष २९ गते काठेखोला गाउँपालिका ४ तंग्राम र बडिगाड गाउँपालिका १ दगामा पहिलो चरणको कार्यक्रम समापन हुने छ । यो पनि राजमो बागलुङको अभियान कुश्मिशेरा र नारायणस्थानमा राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍ बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र गादीखोलामा विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभिया

राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘ विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं’ । भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २६ गते सर्कुवा र पैयुपाटामा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । प्रमुख अतिथि अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले कार्यकर्तालाई प्रशिक्षण दिदै भन्नु भयो प्रधानमन्त्री केपी ओलीले असंवैधानिक किसिमले संसद विघटन गरेर राजनैतिक अस्थिरता निम्ताएकोले बैदेशिक चलखेल बढेको बताउनु भयो । उहाँले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता लाई बचाउन एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भयो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जनता मावि सर्कुवाको भुतपूर्व प्रअ मेघराज ढकाल, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा साबिक सर्कुवा गाविसका भुतपूर्व अध्यक्ष भरत पौडेल लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष खगेन्द्र थापाको सञ्चालन र सचिव मुकुन्द पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । यसैगरी, टोली नं २ ले बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा मा वडा प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य लोकनाथ शर्माले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम भैर बहादुर रोकाको अध्यक्षता सम्पन्न भएको थियो । अभियान अन्तरगत छिस्तीमा जिल्ला सदस्य डिल बहादुर श्रीसको बिशेष उपस्थितिमा धुस वाईनकुना भडकुवा टोल समिति गठन भएको छ । समितिका अध्यक्ष जिवन पुनको अध्यक्षता, हेमराज शर्माको सञ्चालनमा सम्पन्न टोल भेलाले दल बहादुर क्षेत्रीको अध्यक्षता १३ सदस्यीय समिति चयन भएको छ । यो पनि बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍ बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र ...

यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर,गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २४गते अर्जेवा र हिलमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवाको कुवाखानीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रशिक्षणको क्रममा भन्नु भयो संसद बिघटन सँगै नेकपाको बिभाजन र आपसी लडाइँले मुलुक र जनताको भविष्य थप जटिल बनेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक मात्र नभई जनमत माथिको अपमान भएको भन्दै सहिदहरुको सपना माथिको कुठाराघात भएको आरोप लगाउनु भयो । नेता ढुङ्गानाले अस्थिरताले राजाबादी शक्तिहरुको चलखेल बढेको बताउँदै गणतन्त्र र राष्ट्रियता बचाउन सबै देशभक्त र गणतन्त्र पक्षधरहरु सक्रिय हुन आग्रह गर्नु भयो । कार्यक्रममा अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले मन्तब्य दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य लिला देबि शर्मा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, राष्ट्रिय जनमोर्चा नगर सदस्य तथा जैमिनी ६ का सदस्य मिना राना थापा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष गोपीलाल थापाको अध्यक्षता, नरिश्वर पाध्याको सञ्चालन र मिना थापाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । टोली नं. २ ले ताराखोला गाउँपालिका वडा नं. ३ हिलमा वडा प्रशिक्षण तथा भेटघाट सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा हरिचौरका अध्यक्ष अमर खत्री रहनु भएको थियो । यो पनि बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र ...

बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २३गते जैदी, हरिचौर र बोबाङमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं.७ जैदीको थुम्कामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना राजमोका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राजमोका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले सम्बोधन गर्नु थियो । त्यस्तै, राजमोका जिल्ला सदस्य लिला देबि शर्मा, साबिक जैदी गाविस पूर्व उपाध्यक्ष तथा साउदी नेपाली एकता समाजका ईन्द् पौडेल, अखिल नेपाल जनजाती सम्मेलन जैमिनी नगर समिति सचिव मान बहादुर राना, अखिल नेपाल शिक्षक संघका भुवन थापा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष शिव पौडेलको अध्यक्षता, पशुपति शर्माको सञ्चालन र वडा समिति सचिव गोबिन्द पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । टोली नं. २ ले गलकोट नगरपालिका वडा नं.५ हरिचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, जातीय समता समाजका खडक बिक, अखिल नेपाल महिला संघ हरिचौरका अध्यक्ष देबी खत्रीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राजमो जिल्ला सदस्य बिष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, राजमोका गलकोटका सदस्य नैन सिङ थापा, राजमोका ताराखोलाका कोषाध्यक्ष भिम चोखाल लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम ...

विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान पौष २१ गते पैयुथन्थाप, दुदिलाभाटी र घोसाखानीमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ जैमिनी नगरपालिका वडा नं. ९ को बिजुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले संसद बिघटन सँगै राजनैतिक अस्थिरता उत्पन्न भएको बताउनु भयो । उहाँले सरकार र आफ्नो गुट बचाउनका लागि मन्त्री पद सँग नेता तथा सांसदहरु खरिद गरिनु अत्यन्तै दुखद र लज्जास्पद भएको बताउदै राजनैतिक स्थायित्वका लागि संसद पुर्नस्थापना गरिनुको बिकल्प नरहेको बताउनु भयो। कार्यक्रममा जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, जैमिनी वडा नं. ९ का सदस्य शान्तकला शर्मा, बिष्णुकली दर्जी, नबिन थापा, अखिल नेपाल महिला संघ जैमिनी नगर अध्यक्ष टिका थापा पुन, अखिल नेपाल युवक संघ पैयुथन्थापका अध्यक्ष बिर बहादुर थापा, राष्ट्रिय जनमोर्चा पैयुथन्थापका सदस्य राम प्रशाद पौडेल, सल्लाहकार दिपेन्द्र थापा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष तथा वडा नं.९ का वडा अध्यक्ष बिरेन्द्र थापाको अध्यक्षता, वडा समितिका सचिव मेगराज शर्माको सञ्चालन र थुम बहादुर जिएमको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रबेश गर्ने पैयुथन्थापका दिनेश मल्ल, तिलक उचै, सुरज परियार, सन्तोस थापा, किरण थापा, टिका थापा, बल बहादुर थापा लगायतका नवप्रबेसीहरुलाई प्रमुख अतिथि राजेन्द्र ढुङगानाले अबिर लगाएर स्वागत गर्नु भएको थियो । त्यस्तै, टोली नं.२ ले गलकोट नगरपालिका वडा नं. १, दुदिलाभाटीको भाटीबजारमा वडा प्रशिक्षण ...

तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले यहि पुष १७ गतेदेखी सञ्चालनगरेको बिषेश संगठनात्मक अभियान तीब्ररुपमा अगाडि बढेको छ । ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर ! गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं! संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराकासाथ सञ्चालित बिशेष संगठनात्मक अभियान अन्तरगत आज (आइतबार) हुग्दीशिर र बुर्तिबाङ टारीखेतमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले बरेङ गाउँपालिका वडा नं. २ हुग्दीशिरको पोखराचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले संसद बिघटन गरेको  आरोप लगाउनु भयो । उहाँले सरकारको यो कदमले राष्ट्रियता समेत गम्भीर असर पारेको भन्दै गणतन्त्र र राष्ट्रियता बचाउने जिम्मेवारी हामीलाई आएकोले सघर्षमा लाग्न आग्रह गर्नु भयो । यसैगरी, बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, अतिथि जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राजमो बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, राजमो बरेङका सचिव पुर्ण बहादुर पुन, कोषाध्यक्ष शेर बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका सदस्य दुर्गा बहादुर थापा, राजमो बरेङका नेता हिरा बहादुर पुन, घन बहादुर थापा, शेर बहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष केयर सिंङ पुनको अध्यक्षता, वडा समितिका सचिव चन्द्र बहादुर श्रीसको सञ्चालन र बरेङ गाउँ समितिका सचिव पुर्ण बहादुर पुनको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । त्यस्तै, टोली नं. ३ ले ढोरपाटन वडा नं. २ बुर्तिबाङ टारीखेतमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख ...

बिशेष संगठनात्मक अभियान : बाताकाचौर र बोेहरागाउँमा कार्यक्रम

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरौं । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेको बिशेष संगठनात्मक अभियान अन्तर्गत बाताकाचौर र बोहरागाउँमा कार्यक्रम सम्पन्न भएको छ । शनिबार टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको सिग्दीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले राजनैतिक स्थायित्व कायम गर्ने प्रतिबद्धता गरेर जनताबाट झण्डै दुई तिहाईको जनमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अवमूल्यन गरेको बताउनुभयो । देशलाई अस्थिर बनाएर विदेशी शक्ति केन्द्रलाई निम्तो दिएको भन्दै उहाँले यसले राष्ट्रियतासमेत खतरामा पारेको उल्लेख गर्नुभयो । ढुंगानाले राष्ट्रियतालाई जोगाउन अधिनायकवादी कदम बिरुद्धको सघर्षमा होमिन सबैलाई आव्हान पनि गर्नु भयो । राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन लगायतले मन्तब्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापा, प्रगतिशील पत्रकार संघका जिल्ला कोषाध्यक्ष प्रकाश छन्त्याल, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका सदस्य तथा वडा सदस्य दिपा सुनार, टेक बहादुर केसी लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष पृथबहादुर पुनको अध्यक्षता, पालिका सदस्य शेरबहादुर पुनको सञ्चालन र वडा समितिका सदस्य पूर्ण बहादुर श्रीसको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । यता, टोली नं.३ ले निसीखोलाको बोहरागाउँमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, जिल्ला सदस्य थमन घर्ती, दुर्गादेबि घर्ती, प्रगती बुढा ...

राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभियान

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले बिशेष संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । संगठनात्मक अभियान सँगसँगै ‘विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर’, ‘गणतन्त्र, राष्ट्रियता र…