तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले यहि पुष १७ गतेदेखी सञ्चालनगरेको बिषेश संगठनात्मक अभियान तीब्ररुपमा अगाडि बढेको छ । ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर ! गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं! संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराकासाथ सञ्चालित बिशेष संगठनात्मक अभियान अन्तरगत आज (आइतबार) हुग्दीशिर र बुर्तिबाङ टारीखेतमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत टोली नं.१ ले बरेङ गाउँपालिका वडा नं. २ हुग्दीशिरको पोखराचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले संसद बिघटन गरेको आरोप लगाउनु भयो । उहाँले सरकारको यो कदमले राष्ट्रियता समेत गम्भीर असर पारेको भन्दै गणतन्त्र र राष्ट्रियता बचाउने जिम्मेवारी हामीलाई आएकोले सघर्षमा लाग्न आग्रह गर्नु भयो ।
यसैगरी, बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, अतिथि जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राजमो बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, राजमो बरेङका सचिव पुर्ण बहादुर पुन, कोषाध्यक्ष शेर बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका सदस्य दुर्गा बहादुर थापा, राजमो बरेङका नेता हिरा बहादुर पुन, घन बहादुर थापा, शेर बहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष केयर सिंङ पुनको अध्यक्षता, वडा समितिका सचिव चन्द्र बहादुर श्रीसको सञ्चालन र बरेङ गाउँ समितिका सचिव पुर्ण बहादुर पुनको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
त्यस्तै, टोली नं. ३ ले ढोरपाटन वडा नं. २ बुर्तिबाङ टारीखेतमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख ...