पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिङ सडक खुल्यो

पहिरोले आइतबार बिहानदेखि अबरुद्ध नारायणगढ-मुग्लिङ अपराह्नदेखि खुलेको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि सार्वजनिक सवारी ठप्प भएका थिए। दिनभरिजसो बन्द भएको नारायणगढ-मुग्लिङ सडक अपराह्नदेखि खुलेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

गोरुसिंगे—सन्धिखर्क सडक पहिरोले अबरुद्ध : RajdhaniDaily.com

RajdhaniDaily.com | अर्घाखाँची । बुधबार बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे—सन्धिखर्क सडक अबरुद्ध भएको छ ।सन्धिखर्क नगरपालिकाको दहखोला र शितगंगा नगरपालिकाको -

बाजुरामा बाटो मर्मत गर्दै नेपाली सेना

३ भदौ, बाजुरा । बाजुराका विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ । वर्षातका कारण बाटो भत्किएपछि आवागमनमा समस्या भएकाले बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताएका छन । सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ । बडीमालिका […]

बाढी र पहिरोले अबरुद्ध सडक खुलाइँदै

गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी पहिरोका कारण अबरुद्ध सेती लोकमार्ग अन्तर्गतको जडार थामलेख सडक अस्थाई रुपमा खुलाउने काम सुरु भएको छ । बेमौसमी बर्षासंगै आएको बाढी र पहिरोकाकारण अवरुद्ध भएको सो सडक अस्थाई रुपमा खोल्न गाउँपालिकाले काम सुरु गरेको हो ।

अस्थायी ट्य्राक खोलेर सवारी चलाउने तयारी

गत असारको पहिलो साता पहिरोले अबरुद्ध २ मुख्य सडक ३ महिनापछि बल्ल खुलाउन थालिएको छ । सरोकारवाला निकायले लामो समयसम्म वास्ता नगरेपछि बागलुङ नगरपालिकाले रकम खर्चेर अस्थायी सडक निर्माण थालेको हो ।

अस्थायी ट्य्राक खोलेर सवारी चलाउने तयारी

गत असारको पहिलो साता पहिरोले अबरुद्ध २ मुख्य सडक ३ महिनापछि बल्ल खुलाउन थालिएको छ । सरोकारवाला निकायले लामो समयसम्म वास्ता नगरेपछि बागलुङ नगरपालिकाले रकम खर्चेर अस्थायी सडक निर्माण थालेको हो ।

बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सुचारु

साउन ६, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सुचारु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा पहिरोले अबरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरि पहिरो पन्छाएर सुचारु गराईको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । राहुघाटमा गत असार २४ गतेदेखि सडकमाथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनाएपछि सिधा सवारी हुन सकिरहेको थिएन । रुप्से र काभ्रेभिरमा भने शनिवारदेखि सडक अबरुद्ध बनेको थियो । यहाँ पटक पटक पहिरो पन्छाएर सवारी सुचारु गराउने गरिएको भएपनि वर्षा हुँदासाथ पहिरो खस्ने समस्याले सवारी प्रभावित हुँदै आएको प्रहरीले जानकारी दिएको छ । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरि अबरुद्ध बनेको सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए ।  ‘लामो समयसम्म सडक अबरुद्ध भएपछि सर्वसाधारण र बिरामीहरुले सास्ती व्यहोर्न बाध्य बने, निरन्तर ताकेता गरेर निर्माण कम्पनीलाई पहिरो हटाउन लगाएका छौँ, वर्षा हुँदासाथ सडकखण्डको ठाउँठाउँमा पहिरो खस्ने समस्या छ’ प्रहरी निरिक्षक गुरुङले भने । सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीसँगै मुस्ताङबासीले ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरी आवत जावत गर्न बाध्य भएका थिए ।  गलेश्वरमा पहिरोले लामो समयसम्म सडक अबरुद्ध बनाउँदा समेत कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले बेवास्ता गरेपछि प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो ।

डुम्रे–वेसीशहर सडक खण्डको अवरोध हट्यो

पटक पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । अविरल वर्षासँगै खसेको पहिरोले अबरुद्ध बनेको सडक दिउँसो शनिबार दिउँसो १२ः३० बजेबाट सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । बिहीबार विहानबाट अबरुद्ध बनेको डुम्रे–वेशीसहर खण्ड शुक्रबार साँझ ५ बजे बाट सूचारु भएकोमा पुनः पहिरो खसेपछि शनिबार विहानबाट बन्द भएको थियो । पानी परिरहेकाले हटाएपनि पुनः पहिरो खस्दै आएकोले खुल्ने तथा अबरुद्ध हुँदै आएको सडक खण्ड हाल भने पानी रोकिएसँगै पहिरो खसेको छैन । धेरै स्थानमा पहिरो गएकोले शुक्रबार सूचारु हुन ४५ घण्टा कुर्नु परेका थियो ।

पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला –अबिरल वर्षाले आएको पहिरोले गर्दा अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो । कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अबरुद्ध हुँदा आवत–जावत बन्द भएको थियो ।सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन, जिल्ला समन्वयन समितिको लगायत सबै […]

पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank