RajdhaniDaily.com | अर्घाखाँची । बुधबार बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे—सन्धिखर्क सडक अबरुद्ध भएको छ ।सन्धिखर्क नगरपालिकाको दहखोला र शितगंगा नगरपालिकाको -
३ भदौ, बाजुरा । बाजुराका विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ । वर्षातका कारण बाटो भत्किएपछि आवागमनमा समस्या भएकाले बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताएका छन । सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ । बडीमालिका […]
पहिरोले आइतबार बिहानदेखि अबरुद्ध नारायणगढ-मुग्लिङ अपराह्नदेखि खुलेको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि सार्वजनिक सवारी ठप्प भएका थिए। दिनभरिजसो बन्द भएको नारायणगढ-मुग्लिङ सडक अपराह्नदेखि खुलेको प्रहरीले जानकारी दिएको छ।
गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी पहिरोका कारण अबरुद्ध सेती लोकमार्ग अन्तर्गतको जडार थामलेख सडक अस्थाई रुपमा खुलाउने काम सुरु भएको छ । बेमौसमी बर्षासंगै आएको बाढी र पहिरोकाकारण अवरुद्ध भएको सो सडक अस्थाई रुपमा खोल्न गाउँपालिकाले काम सुरु गरेको हो ।
गत असारको पहिलो साता पहिरोले अबरुद्ध २ मुख्य सडक ३ महिनापछि बल्ल खुलाउन थालिएको छ । सरोकारवाला निकायले लामो समयसम्म वास्ता नगरेपछि बागलुङ नगरपालिकाले रकम खर्चेर अस्थायी सडक निर्माण थालेको हो ।
गत असारको पहिलो साता पहिरोले अबरुद्ध २ मुख्य सडक ३ महिनापछि बल्ल खुलाउन थालिएको छ । सरोकारवाला निकायले लामो समयसम्म वास्ता नगरेपछि बागलुङ नगरपालिकाले रकम खर्चेर अस्थायी सडक निर्माण थालेको हो ।
पहिरो खसेर अवरुद्ध भएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । भानु नगरपालिका–८ पाँचसय फाँटमा खसेको पहिरो हटाएपछि मङ्गलबार विहान ११ बजेबाट सडक सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । सोमबार राती परेको पानीसँगै सडक माथिबाट खसेको पहिरोले अबरुद्ध बनेको सडक यान्त्रिक कार्यालय डुम्रेले डोजरले पहिरो हटाएको उहाँले जानकारी दिनुभयो ।
पटक पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । अविरल वर्षासँगै खसेको पहिरोले अबरुद्ध बनेको सडक दिउँसो शनिबार दिउँसो १२ः३० बजेबाट सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।
बिहीबार विहानबाट अबरुद्ध बनेको डुम्रे–वेशीसहर खण्ड शुक्रबार साँझ ५ बजे बाट सूचारु भएकोमा पुनः पहिरो खसेपछि शनिबार विहानबाट बन्द भएको थियो । पानी परिरहेकाले हटाएपनि पुनः पहिरो खस्दै आएकोले खुल्ने तथा अबरुद्ध हुँदै आएको सडक खण्ड हाल भने पानी रोकिएसँगै पहिरो खसेको छैन । धेरै स्थानमा पहिरो गएकोले शुक्रबार सूचारु हुन ४५ घण्टा कुर्नु परेका थियो ।
जुम्ला –अबिरल वर्षाले आएको पहिरोले गर्दा अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो । कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अबरुद्ध हुँदा आवत–जावत बन्द भएको थियो ।सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन, जिल्ला समन्वयन समितिको लगायत सबै […]