डुम्रे–वेसीशहर सडक खण्डको अवरोध हट्यो

पटक पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । अविरल वर्षासँगै खसेको पहिरोले अबरुद्ध बनेको सडक दिउँसो शनिबार दिउँसो १२ः३० बजेबाट सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । बिहीबार विहानबाट अबरुद्ध बनेको डुम्रे–वेशीसहर खण्ड शुक्रबार साँझ ५ बजे बाट सूचारु भएकोमा पुनः पहिरो खसेपछि शनिबार विहानबाट बन्द भएको थियो । पानी परिरहेकाले हटाएपनि पुनः पहिरो खस्दै आएकोले खुल्ने तथा अबरुद्ध हुँदै आएको सडक खण्ड हाल भने पानी रोकिएसँगै पहिरो खसेको छैन । धेरै स्थानमा पहिरो गएकोले शुक्रबार सूचारु हुन ४५ घण्टा कुर्नु परेका थियो ।

सम्बन्धित सामग्री

पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हट्यो

पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूला ढुङ्गा खस्दा सडक अवरोध भएको थियो ।

डुम्रे–बेसीशहर सडक खण्डको अवरोध हट्यो

पहिरो खसेर अवरुद्ध भएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । भानु नगरपालिका–८ पाँचसय फाँटमा खसेको पहिरो हटाएपछि मङ्गलबार विहान ११ बजेबाट सडक सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । सोमबार राती परेको पानीसँगै सडक माथिबाट खसेको पहिरोले अबरुद्ध बनेको सडक यान्त्रिक कार्यालय डुम्रेले डोजरले पहिरो हटाएको उहाँले जानकारी दिनुभयो ।