२ वैशाख, जनकपुरधाम । नयाँ वर्षको अवसरमा समाजमा सचेतना बढाउने उद्देश्यले धनौजी गाउँपालिका-५ बहुअर्वामा पुस्तकालय स्थापना गरिएको छ । सामुदायिक सिकाइ तथा सामाजिक विकास केन्द्रअन्तर्गत पुस्तकालयको स्थापना गरिएको हो । शनिबार एक समारोहबीच धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह तथा वडाध्यक्ष मो. याकुव कवारीले संयुक्त रुपमा उदघाटन गरेका हुन् । पालिका अध्यक्ष साहले श्रृजनात्मक कामका लागि […]