सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

सप्तरीको रुपनगरस्थित नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ। अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सर्वोदय फाउण्डेसन नेपालमार्फत् पुस्तकालय स्थापना हुन लागेको हो। क्याम्पस सप्तरीको कन्चनपुर नगरपालिका– १२ मा...

सम्बन्धित सामग्री

मुगुको लोकप्रिय माविमा सामुदायिक पुस्तकालय स्थापना

काठमाडौँ, ४ मङ्सिर । मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ । मधुवन प्रकाशन, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा जिल्लामै पहिलो पटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतबार शुभारम्भ गरे । पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको […]

पुस्तकालयमा ‘डोजर आतङ्क’

गण्डकी प्रदेशकै एक मात्र महानगरपालिका पोखराको व्यस्त बजारमा थियो, पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय । महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भत्काएर संसारभरका झन्डा फहराउने महत्वाकाङ्क्षी योजनाका साथ डोजर चलाइयो । झन्डापार्क बनाउन भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यको अगुवाइमा पुस्तकालयमा डोजर मच्चाइएको हो । गण्डकी प्रदेशमा रहेको पुस्तकालयमा डोजर आतङ्क मच्चिइरहँदा उता सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको जानकी गाउँपालिका प्रमुख गणेश चौधरी पुस्तकालय सञ्चालनको गृहकार्यमा जुट्नुभएको छ । पोखरा महानगरपालिका प्रमुख आचार्यले डोजर चलाउनुअघि नै चौधरीले जानकी गाउँपालिकामा पुस्तकालय स्थापना गर्ने योजना बुनिसक्नुभएको थियो । त्यसका लागि उहाँले पालिकाका तर्फबाट गर्नुपर्ने काम त छँदै छ, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग पनि सहयोगका लागि आग्रह गर्नुभएको छ । आग्रह गरिएका केहीबाट ‘ग्रिन सिग्नल’ पाएपछि पालिका प्रमुख चौधरी कम्ती उत्साहित हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “पालिकामा पुस्तकालय स्थापना गर्ने योजना छिट्टै पूरा हुनेमा विश्वस्त छु ।”