टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना गरेको छ ।उक्त संस्थाले देशभरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि ‘पुस्तक परियोजना’ अभियान संचालन गर्दैआएको छ ।टिम नेपोले रोटरी क्लब अफ काठमाडौँ मिडटाउन र व्यास नगरपालिकाको सहकार्यमा १००५ थान पुस्तक, बुकर्याक व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, टिम नेपोका संस्थापक