निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ । दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी आयोगले बुधबार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची प्रकाशित गरेको हो । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार कायम भएका छन् । यसैगरी प्रदेश सभा सदस्य