होटेल/रिसोर्टको संकेत चिह्न निर्धारण

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटेलहरूले आफ्नो स्तर देखाउने तारे चिह्न प्रयोग गर्नुपर्ने भएको छ । पर्यटन विभागले पाँचतारेदेखि अन्य स्तरका होटेलहरूलाई सेवासुविधा, गुणस्तर र क्षमताका आधारमा ‘तारा’को रेटिङ दिँदै आएको छ । होटेलहरूले बाहिर देखिने गरी स्टारलाई साइनबोर्डमा राख्नुपर्ने नियम यसअघि थिएन । अबको होटेलहरूले संकेत चि≈न राख्नुपर्ने भएको छ । विभागले हस्पिटालिटी क्षेत्रका सबै स्तरका होटेल तथा मोटलदेखि लक्जरी हेरिटेज बुटिक होटेलका साथै रिसोर्टहरूको पनि स्तर वर्गीकरण गर्दै संकेत चि≈न निर्धारण गरेको हो । पर्यटन विभागले सबैस्तरका होटेलहरूका लागि १६ ओटा संकेत चि≈न तोकी ती चि≈न र साइनबोर्डमा उल्लेख गर्नुपर्ने विषयलाई राख्दै कार्यान्वयन गर्न सूचना जारी गरेको हो । होटेलहरूबाट प्रदान हुने सेवा, गुणस्तर, क्षमताका साथै अन्तरराष्ट्रिय अभ्यासका आधारमा पर्यटक स्तरका पूर्वाधार भएको जनाउन र नेपालभर एकरूपता कायम गर्न संकेत चि≈न निर्धारण गरेको विभागले उल्लेख गरेको छ । सबैस्तरका होटेलहरूले पित्तलको प्लेट भएको साइनबोर्ड, यसको माथिल्लो भागमा नेपालको निशाना छाप र त्यसको मुनिपट्टि तोकिएको संख्याका रातो रंगका तारा राख्नुपर्नेछ । रातो रंगको तारामुनि कालो तेर्साे धर्का र त्यसमुनि होटेल तथा रिसोर्टको नाम उल्लेख गर्नुुपर्ने विभागले जानकारी दिएको छ । तर, पर्यटकस्तर, मोटल, पर्यटक इन, बेड एन्ड ब्रेकफास्ट सेवा दिने होटेलहरूले भने स्टार अर्थात् तारा लेख्न पाउने छैनन् । विभागको सूचनाअनुसार पर्यटक स्तरका होटेलले प्लेटको गोलाकार रेखाभित्र रातो रंगमा ‘टीएस’ लेखिएको चिह्न राख्नुपर्नेछ । मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ चिह्न, पर्यटक इनले पनि रेखाभित्रै ‘आइ’, बेड एन्ड ब्रेकफास्टले रेखाभित्रै ‘बी एन्ड बी’ले यस्ता संकेत चि≈न प्लेटमा राख्नुपर्ने विभागले जानकारी दिएको छ । एक तारेदेखि पाँच तारेहोटेलदेखि डिलक्स, लक्जरी होटेलहरूका लागि १२ प्रकारका संकेत चि≈न निर्धारण गरिएको छ । त्यसअनुसार पाँच तारा डिलक्स स्तरको होटेलले साइनबोर्डमा ५ तारा र डिलक्स शब्द लेख्नुपर्नेछ । साधारण हेरिटेज बुटिक होटेलका लागि भने ३ तारा र स्यान्डर्ड हेरिटेज बुटिक शब्द प्लेटमै उल्लेख गर्नुपर्ने र डिलक्स हेरिटेज बुटिकका लागि ४ तारा र नाम उल्लेख गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । लक्जरी हेरिटेज बुटिक होटेलका लागि ५ तारा, साधारण रिसोर्टका लागि ३ तारा, डिलक्स रिसोर्टका लागि ४ तारा र लक्जरी रिसोर्टका लागि ५ तारा संकेट चिह्न तोकिएको छ । अब यसअनुसार सबैखाले र सबैस्तरका होटेल तथा रिसोर्टहरूले प्रवेशद्वारमा यस्ता चि≈नहरू स्पष्ट देखिने गरी राख्नुपर्ने विभागको भनाइ छ । होटेलहरूले होटेल एशोसिएशन नेपाल (हान) वा होटेल व्यवसायीहरूको साझा संस्थाको प्रतीक चि≈न पनि राख्न पाउने व्यवस्था विभागले गरेको छ । साविकको पर्यटक विभाग र हाल प्रदेश मातहतका निकायमा दर्ता भएका पर्यटक स्तरका होटेल, पर्यटक इन, मोटल, बी एन्ड बीलगायतले पनि यी चि≈नहरू प्रयोगमा ल्याउनुपर्ने प्रावधान राखिएको छ । सस्ंकृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको २०७६ माघ २४ गतेको संकेत चि≈न निर्धारण समितिको सिफारिशलाई पर्यटन विभागले कार्यान्वयनमा ल्याएको हो ।

सम्बन्धित सामग्री

कर्जाको ब्याजदर फेरि बढ्ने संकेत

काठमाडौं। उद्योगी व्यवसायीले ब्याजदर घटाउन लबिङ गरिरहेकै बेला बैंक, वित्तीय संस्थाको कर्जा अझै महँगो हुने देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कोषको लागत बढेपछि कर्जाको ब्याजदर पनि बढ्ने देखिएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०८० साउनमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर र आधारदर वृद्धि भएको छ । २०८० असारमा बैंकहरूको निक्षेपमा औसत ब्याजदर ७ दशमलव ८६ प्रतिशत रहेकोमा साउनमा ८ प्रतिशत पुगेको छ ।  नेपाल बैंकर्स संघले ब्याजदर तोक्ने प्रचलन हटाउँदै बैंकहरूले साउनदेखि आफूखुशी ब्याजदर तोक्न थालेका हुन् । बैंकहरूबीच प्रतिस्पर्धा हुन थालेपछि निक्षेपको ब्याजदर बढिरहेको छ । असोजमा पनि आठओटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । वैशाखमा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झरेकोमा असोजको ब्याजदर तोक्दा ११ दशमलव ३५८ प्रतिशतसम्म पुगिसकेको छ ।  राष्ट्र बैैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महीना प्रकाशित गर्नुपर्छ । तर, ब्याजदर तोक्दा साविकको ब्याजदरमा १० प्रतिशत मात्र तलमाथि गर्न पाइने व्यवस्था छ ।  कर्जाको माग नबढे पनि वाणिज्य बैंकहरूलाई भएको निक्षेप जोगाउन ब्याजदर वृद्धि गर्नुपर्ने बाध्यता रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकहरूबीच निक्षेप खोसाखोसको अवस्था छ,’ उनले भने, ‘भएको निक्षेप टिकाउन पनि ब्याजदर बढाउनुपर्ने बाध्यतामा छौं ।’ निक्षेपको ब्याजदर वृद्धिसँगै बैंकहरूको लागत महँगो भई आधारदर बढिरहेको छ । यसले गर्दा कर्जाको ब्याजदर बढ्ने सम्भावना उच्च हुन पुगेको हो ।  २०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव शून्य ३ प्रतिशत रहेकोमा साउनमा १० दशमलव ११ प्रतिशत पुगेको छ ।  बैंक, वित्तीय संस्थाहरूले लागतमा शून्य दशमलव ७५ प्रतिशत नाफा समेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना सकिएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।  नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी केन्द्रीय बैंक र वाणिज्य बैंकहरूबीच एकअर्कालाई असहयोग गर्ने नीतिका कारण ब्याजदर वृद्धि भएको बताउँछन् । तरलता बढी हुँदा पनि राष्ट्र बैंकले मौद्रिक औजारबाट तरलता नतानेको र बैंकहरू पनि निक्षेप खोसिने डरले ब्याजदर बढाउन लाग्दा कर्जा महँगो भइरहेको उनले टिप्पणी गरे । बैंकहरूले पछिल्लो ३ महीनाको आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घटबढ हुँदा कर्जाको ब्याजदर स्वत: घटबढ हुन्छ । हाल वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । तर, कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न नपाइने प्रावधान छ ।  राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८० असारको तुलनामा साउनमा कर्जाको औसत ब्याजदर भने घटेको छ । असारमा १२ दशमलव ३० प्रतिशत रहेको कर्जाको औसत ब्याजदर साउनमा भने १२ दशमलव २४ प्रतिशतमा झरेको छ । उच्च ब्याजदरका कारण पछिल्लो समय बैंकहरूको कर्जा बढ्न सकेको छैन । जसको कारण बैंक, वित्तीय संस्थामा ४ खर्ब रुपैयाँ तरलता थन्किएर बसेको छ । शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ८२ दशमलव ६८ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म कर्जा–निक्षेप अनुपात कायम गरेर कर्जा दिन पाउँछन् । शनिवारसम्म बैंक वित्तीय संस्थामा कुल ५७ खर्ब २६ अर्ब निक्षेप छ । कर्जा प्रवाह ४९ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।

बजेटको दोस्रो संशोधित लक्ष्यसमेत नपुग्ने संकेत

आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा चालु बजेटले निर्धारण गरेको लक्ष्य र पटकपटकका संशोधनलाई समेत सरकारले सम्बोधन गर्ने गरी लक्ष्यमा पुग्न नसक्ने देखिएको छ । गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् सरकारले चालु आर्थिक वर्षको बजेट खर्चको अनुमान संशोधन गरेको थियो । त्यस्तै, गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक बजेट …

आयात व्यापारले संकेत गरेका संकटहरू

आयात वृद्धि या ह्रासले मात्र मुलुकको समग्र अर्थतन्त्रको यथार्थ चित्रण हुन सक्दैन । तसर्थ आयात वृद्धिलाई समष्टिबाट होइन, व्यष्टिबाट हेर्नुपर्छ र ती व्यष्टिगत दृष्टिकोणहरूलाई पनि विभिन्न वर्गीकरणका तथ्यांकहरूबाट जाँच गरिनुपर्छ ताकि आयातमा आएको परिवर्तनले मुलुकको समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्ने पक्षको यथार्थ चित्रण प्रस्तुत हुन सकोस् । सारमा भन्नुपर्दा सबै आयातहरू खराब हुँदैनन्, देशभित्र उत्पादनको सम्भावना भएका वस्तुको आयात हुन्छ भने मात्र संवेदनशील आयातका रूपमा लिइन्छ । कुनै वस्तु स्वदेशमा उत्पादन गर्दा त्यस्ता वस्तुले देशको पर्यावरणलाई हानि गर्छन् भने ती वस्तु स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । विशेष गरी खनिज उत्खनन एवम् प्रशोधनमा अधिक रसायनको प्रयोग हुने वस्तुहरू स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । यस्तै सबै निर्यात पनि राम्रा मानिँदैनन् । स्वदेशको पर्यावरणलाई असर गर्ने खालका खनिज उत्खनन र प्राकृतिक स्रोतको निर्यातलाई यस वर्गमा लिने गरिन्छ । यस्तै अन्तिम प्रयोगकर्ताको आधारमा पनि मालवस्तु आयात र निर्यातको वर्गीकरण गरिन्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात गरी तीनओटा वर्गीकरणका आयातको प्रयोजन निर्धारण गर्ने गरिन्छ । मुलुकको कुल आयातमा माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश अधिक हुनुले मुलुकको अर्थतन्त्र स्वस्थतातर्फ उन्मुख हुँदै गएको पुष्टि गर्छ भने कुल आयातमा माध्यमिक र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश कम हुनु र पूर्ण तयारी मालवस्तुको आयातमा वृद्धि हुनुले देशको अर्थतन्त्रमा आन्तरिक क्रियाकलापमा न्यूनता रहेको पुष्टि गर्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात यी तीनओटै क्षेत्रमा ह्रास आउँदा मुलुकमा आर्थिक अनिष्टको संकेत गर्छ । माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको कमीले मुलुकभित्र उत्पादनका क्रियाकलापमा सुस्ती आएको पुष्टि हुन्छ भने पूर्ण तयारी मालवस्तु आयातको कमीले मुलुकभित्र वस्तुको मागमा कमी रहेको पुष्टि गर्छ । यसरी उत्पादन क्रियाकलाप र मागको कमी हुँदा त्यसले अर्थतन्त्र मन्दीतर्फ जान लागेको संकेत गर्छ ।  बृहत् आर्थिक वर्गीकरणअनुसार चालु आर्थिक वर्षको प्रथम १० महीनामा माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र तयारी मालवस्तुको आयात तीनओटै वर्गमा ह्रासको अवस्था छ । आर्थिक वर्ष (आव) २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा माध्यमिक उपभोगको आयातमा २६ दशमलव ४ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव १ प्रतिशतले ह्रास आएको छ । औद्योगिक कच्चापदार्थका रूपमा परिचित यस माध्यमिक उपभोगको आयातको कमीले नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत गर्छ । यस्तै अवस्था पूँजी निर्माणमा सहयोग गर्ने आयातमा पनि रहेको छ । आव २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा पूँजी निर्माणमा सहयोग गर्ने आयातमा १५ दशमलव शून्य प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ दशमलव ८ प्रतिशतले ह्रास आएको छ । औद्योगिक मेशिनरीको बाहुल्य रहेको यस वर्गीकरणअन्तर्गत भएको आयातको कमीले समेत नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत र भविष्यमा यो सुस्ती अझ बढ्ने संकेत गर्छ ।  आव २०७७/७८ को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा तयारी मालवस्तुको आयातमा ३४ दशमलव ७ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव २ प्रतिशतले ह्रास आएको छ । विप्रेषणमा दोहोरो अंकको वृद्धि हुनु र नेपालको आयातको प्रमुख कारकतत्त्व विप्रेषण नै हुुनुका साथै तयारी मालवस्तुको आयातमा समेत ह्रास आउनुले आमजनमानसको खरीददारीमा रुचि नरहेको र यसप्रकारको त्रासको वातावरण रहेको पुष्टि गर्छ । यस्तो अवस्था सृजना हुनु भनेको अर्थशास्त्रको शास्त्रीय दुश्चक्रको निर्माण हुन लागेको संकेत हो । माग कम हुने, माग कम हुँदा उत्पादनका क्रियाकलापमा ह्रास आउने, उत्पादनका क्रियाकलापमा ह्रास आउँदा साथ थप बेरोजगारी बढ्ने र बेरोजगारी बढ्नासाथ मागमा थप कमी आई जुन दुश्चक्र शुरू हुन्छ त्यो दुश्चक्रको उत्पत्तिको चरणमा मुलुक रहेको हो भन्ने पूर्वसन्देश आयातको यस आँकडाले प्रवाह गरिरहेको छ ।  मुलुकमा आर्थिक दुश्चक्र निर्माण हुने चरणमा रहेको सन्दर्भमा यस दुश्चक्रको विस्तार हुनबाट रोकी भयावह प्रभावलाई समयमा नै निस्तेज गर्न न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै सजगताका साथ सक्रिय हुन आवश्यक देखिएको छ । यसका लागि मुलुक आर्थिक दुश्चक्रमा जाँदैन भनेभैंm गरी जनमानसका आत्मबल जगाउनु आवश्यक छ । जनमानसमा आत्मबल जगाउने पहिलो कार्यमा बजेटमा पूँजीगत शीर्षकको खर्चको अंश अधिक र चालू शीर्षकको अंश न्यून हुने विषयमा सरकारको तथ्यांकयुक्त दीर्घकालीन प्रत्याभूति हो । दोस्रो, लगानीको वातावरण सृजना नै हो । लगानीको वातावरण भन्नासाथ प्रक्रियागत सरलता, सुनिश्चित प्रतिफल, न्यून बोझ तथा लगानीको सुरक्षा यी चारओटा तत्त्व मुख्य रूपमा आकर्षित हुन्छन् । प्रक्रियागत सरलताका लागि संरचनागत सुधार, सुनिश्चित प्रतिफलका लागि स्वदेशी उद्योगलाई आयातबाट पर्न जाने चापबाट सुरक्षाकवच प्रदान, न्यून बोझका लागि करका दरहरूमा व्यापक कटौती तथा श्रम कानूनमा उदारता जस्ता विषय स्वत: आकर्षित हुन्छन् । आवेशयुक्त लगानी तथा अज्ञानयुक्त लगानीलाई हरेक देशले निरुत्साहित गरिरहेका हुन्छन् । वर्तमान समयमा देखापरेको आर्थिक संकटका पछाडि अन्यत्र जस्तै नेपालमा पनि घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटा क्षेत्रमा भएको आवेशयुक्त तथा अज्ञानयुक्त लगानीलाई मान्न सकिन्छ । शुरूमै यस्ता क्रियाकलापमा नियन्त्रण गर्न सकेको खण्डमा यी तीनओटै क्षेत्रमा यस स्तरको त्रासको सामना गर्नुपर्ने अवस्था आउने थिएन । तसर्थ घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटै पक्षमा हुने आवेशयुक्त र अज्ञानयुक्त लगानी कम गर्न कानूनी प्रावधानका अतिरिक्त चेतनामूलक शिक्षा प्रवाह पनि उत्तिकै जरुरी छ ।   यसरी उपर्युक्त बमोजिम अर्थतन्त्र चलायमान गराउन एकातिर विश्वासको वातावरण सृजना गर्न आवश्यक छ भने अर्कोतिर उत्पादनसम्बन्धी क्रियाकलापहरूमा वृद्धि गर्न उत्प्रेरणात्मक अवधारणामा निजीक्षेत्रलाई सरकार स्वयम्ले लगानीका क्षेत्रहरू, लाभको अवस्था तथा सुरक्षाको प्रत्याभूतिसहित साना, मझौला र ठूला सबै खालका प्रोजेक्टहरू विकास गरी लगानीका क्षेत्र पहिचान गर्नु आवश्यक देखिन्छ । दुश्चक्र आउने पूर्वसंकेत नेपालको आयात तथ्यांकको प्रयोजनयुक्त वर्गीकरणले स्पष्ट गरिसकेको अवस्थामा उक्त दुश्चक्र भयावह हुनपूर्व माथि उल्लिखित विषयमा सबै पक्षको समयमै ध्यान जानु आवश्यक देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

तथ्यांकोवाच : जार र बोतलको माग बढ्ने संकेत

काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारको खानेपानीको स्रोत कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ३४ दशमलव ५९ प्रतिशतले घरमै जोडेका धाराको पानी खाने गरेका छन् । २२ दशमलव ३८ प्रतिशत घरपरिवारले घर बाहिरका धाराको पानी खाने गरेका छन् । यसैगरी २९ दशमलव ७६ प्रतिशतले ह्याण्डपम्पको पानी खाने गरेको पाइन्छ । कुवाको पानी खानेको हिस्सा ३ दशमलव ६६ प्रतिशत छ । मूलको पानी खानेको संख्या ३ दशमलव ९३ प्रतिशत रहेको छ । नदी खोलाको पानी खानेको हिस्सा शून्य दशमलव ३६ प्रतिशत छ । जार र बोतलको पानी खाने घरपरिवारको संख्या ४.६३ प्रतिशत रहेको छ । नगरपालिका र गाउँपालिकामा घरभित्रै जोडिएको धाराको पानी खानेको हिस्सामा खासै फरक देखिएको छैन । नगरपालिकामा यसको यस्तो घर परिवारको हिस्सा ३६ दशमलव ८३ प्रतिशत देखिएको छ भने गाउँपालिकामा यो हिस्सा ३० दशमलव शून्य १ प्रतिशत रहेको छ । नगरपालिकामा घर बाहिर जोडिएको धाराको पानी खानेको हिस्सा १७ दशमलव ४२ प्रतिशत छ । तर यो हिस्सा गाउँपालिकामा भने ३२ दशमलव ५४ प्रतिशत रहेको छ । हिमालमा घरमै जोडिएको धाराको पानी खाने घरपरिवारकोे हिस्सा ३६ दशमलव शून्य ४ प्रतिशत रहेको छ भने यो हिस्सा तराईमा सबैभन्दा कम ( २६ दशमलव शून्य ४ प्रतिशत) रहेको छ । तराईमा खानेपानीको मुख्य स्रोत ह्याण्डपम्प (५८ दशमलव शून्य ९) प्रतिशत रहेको छ । कुनै समय कुवाको पानी मूल स्रोतको रूपपमा रहेको तराईमा सो स्थान ह्याण्डपम्पले लिएको छ । मूलको पानी खानेको संख्या हिमालमा सबैभन्दा बढी अर्थात् १० दशमलव ३७ प्रतिशत रहेको छ भने सबैभन्दा कम तराई प्रदेशमा १ दशमलव ३० प्रतिशत रहेको छ ।  प्रदेशगत रूपमा हेर्दा घरमै जोडिएको धाराको पानी खानेको हिस्सा गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ दशमलव ४९ प्रतिशत तथा मधेश प्रदेशमा सबैभन्दा कम १५ दशमलव ३२ प्रतिशत रहेको छ । उक्त तथ्यांंकले नेपालमा घरमै जोडिएको धाराको पानीको माग भविष्यमा बढ्ने र सो हुन नसकेमा जार र बोतलको पानीको माग बढ्ने स्पष्ट संकेत देखिएको छ ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोगः अलपत्र पर्ने संकेत

महाअभियोग प्रस्ताव २०७८ फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो। संसद्मा पेस भएपछि सभामुखले आगामी बैठकमा छलफल हुने गरी समय निर्धारण गरेका थिए। तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैत १ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकाले उक्त प...

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।

बुटिक र डिलक्स होटेललाई पनि ‘स्टार’, साइनबोर्डमै संकेत राख्नुपर्ने

७ फागुन, काठमाडौं । नेपालमा बुटिक र डिलक्स होटेलले समेत अब ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । पर्यटन विभागले सबै स्तरका रिर्सोट, तारास्तरका होटेल र सबै स्तरका बुटिक होटेलका लागि संकेत चिन्ह निर्धारण गरेको छ । यसअघि विभागले तारे होटेललाई मात्र स्टार वर्गिकरणमा राखेको थियो । डिलक्ट र बुटिक होटेलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन […]

सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।संकेत चिन्हमा […]

सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

काठमाडौं । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्य...