विराटनगर : गत माघ ३ गते प्रदेश २ अर्थात ‘मधेस प्रदेश’ ले आफ्नो नाम र राजधानी टुंगो लगाइसकेको छ। प्रदेश २ ले सहजताका साथ प्रदेशवासीको भावनाअनुसार नाम टुंगो लगाएसँगै यतिवेला प्रदेश १ लाई पनि नामकरणका लागि दबाब बढेको छ। निर्वाचित प्रदेश सरकार गठन भएको ४ वर्ष बितिसक्दा ६ वटा प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन् भने प्रदेश १ ले राजधानी टुंगो लगाए पनि नाम राख्न सकेको छैन।नेपालका ७ प्रदेशमध्ये ५ वटाले भूगोल र एउटाले पहिचानका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन्। ०७८ स