काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नम्बर १ को नामकरण भए सशक्त आन्दोलन गर्ने घाेषणा गरेकाे छ।महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचानको मूल भावना सम्बोधन नगरी प्रदेशको नामकरण भए देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो।प्रदेश १ को नामकरणकाे अन्तिम टुंगोमा लाउने तयारी भइरहँदा फेरि पनि प्रदेशको ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचान हुने गरी हुनुपर्नेमा त्यसविपरीत विभिन्न षड्यन्त्र भइरहेको विज्ञप्तिमा उ