नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिक रुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो । अस्पतालको १७ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिए ।उनले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम् प्रविधिको प्रयोगद्वारा उपचार सेवा पुर्याएकाले पछिल्लो स