गोरखापत्र संस्थानको सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर शाखामा कार्यरत पाँचौं तहका वरिष्ठ कम्प्युटर अपरेटर नन्दगोपाल रञ्जित उमेर हदका कारण संस्थान सेवाबाट सेवा निवृत्त हुनुभएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७९/८० मा गोरखापत्र संस्थान नाफामा देखिएको छ ।
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा उपसचिव विजय भुर्तेल नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सावित्री देवकोटा पौडेलले आइतबार जारी गर्नुभएको पत्रमा उहाँलाई नियुक्त गरिएको उल्लेख छ ।
काठमाडाैँ – राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ। नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको संयोजनमा भएको प्रतियोगितामा गोरखापत्र संस्थानका कृष्णप्रसाद भण्डारी, विष्णुप्रसाद पाण्डेय र रुपचन्द्र भट्टको समूह प्रथम भएको हो। प्रतियोगितामा राससले दोस्रो स्थान हासिल गरेको छ। राससका रविन कार्की, ओमप्रकाश बोहोरा र […]
गोरखापत्र संस्थानले एकै वर्षमा ९१ जना कर्मचारी थप गरेको छ । तत्कालीन नेकपा एमालेको सरकार रहेको समयमा एकै वर्षमा ९१ जना कर्मचारी थपिएको हो । यस्तै, सो वर्ष ८ वटा नयाँ कार्यालय समेत स्थापना गरिएको थियो ।वि.सं. २०२० मा सर्वसाधारणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सरल र सुलभ किसिमले उपलब्ध गराउने लक्ष्यसहित गोरखापत्र संस्थान स्थापना गरिएको थियो । यस संस्थान अन्तरगत गोरखापत्र दैनिक र दि राइजिङ नेपाल नामक दुई राष्ट्रिय दैनिक छन् ।संस्थानको केन्द्रीय कार्यालय, दुई प्रदेशस्तरीय प्रकाशन कार्यालय, ६
काठमाडौं : सरकारको मुखपत्र गोरखापत्रसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। आइतबार प्रकाशित एक अन्तर्वार्ता निर्वाचन आचारसंहिता प्रतिकुल भएको भन्दै गोरखापत्रका प्रधानसम्पादकलाई आयोगले पत्र काटेको हो। ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा उसले भरतपुर महानगरपालिकाकी प्रमुख उम्मेदवार रेनु दाहालको अन्तरवार्ता प्रकाशन गरेको थियो। यसप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।‘गोरखापत्र संस्थान गोरखापत्र संस्थान ऐन २०१९ अनुसार स्थापना भएको सार्वजनिक संस्थान
काठमाडाैं : सरकारी सञ्चार माध्यम गोरखापत्रबाट निकालिएका सञ्चारकर्मीहरूको पुनर्वहालीको विषयमा नेपाल पत्रकार महासंघले गोरखापत्र व्यवस्थापन पक्षसँग छलफल गरेको छ।महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले निकालिएका पत्रकारहरूको पुनर्वहालीका विषयमा गोरखापत्र संस्थान संचालक समितिका अध्यक्ष र प्रधान सम्पादकसँग आज छलफल गरेको हो।आस्थाका आधारमा कुनै पनि पत्रकारलाई कामबाट निकाल्न नहुने अडान राख्दै आएको महासंघले गोरखापत्रबाट निकालिएका संचारकर्मीको पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराएको छ।छल
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाद्वारा प्रेषित पत्रअनुसार उहाँ सो पदमा नियुक्त हुनुभएको हो ।
गोरखापत्र संस्थान कर्मचारी सङ्घ ४७ द्वारा स्थापित ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ कार्यालय सहयोगी पदमबहादुर बस्नेत र प्रेसम्यान केशवप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।