पोल्यान्डविरुद्ध स्पेन : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१७ देखि स्पेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी पेड्रि गोन्जालेज आज हुने पोल्यान्डविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने पेड्रि डिफेन्सिभ र स्ट्राइकर लाइन दुबैतीर सहि बल खेलाउन सक्ने क्षमता राख्छन्।हालै मात्र स्पेनबाट डेब्यु गरेका पेड्रिले राष्ट्रिय टोलीबाट मात्र५ खेल खेलेका छन्। १८वर्षीय पेड्रि हाल स्पेनीस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

सम्बन्धित सामग्री

हालान्डको नर्वेलाई हराउँदै स्पेन युरो कपमा छनोट

म्याड्रिड। पूर्व विजेता स्पेन युरो कपका लागि छनोट भएको छ । छनोट प्रतियोगिताअन्तर्गत आइतबार राती भएको खेलमा नर्वेलाई १-० गोलले हराउँदै स्पेनले फाइनल चरणमा स्थान पक्का गरेको हो। स्पेनको जितमा गाभीले गोल गरे। उनले ४९ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। नर्वेका प्रभावशाली स्ट्राइकर एर्लिङ हालान्डले प्रभाव देखाउन सकेनन्। समूह एमा ६ खेलबाट १५ […]

आधुनिक भवनमा युरोपेली वास्तुकलाको प्रचलन

काठमाडौं । आर्किटेक्चरको नेपाली अर्थ हुन्छ, वास्तुकला । आर्किटेक्ट वा वास्तुकला भन्नासाथ भवन भन्ने बुझिन्छ । वास्तुकलामा भवन शब्दले मात्र पूर्णता पाउन सक्दैन । भवनसँग सम्बन्धित जग्गाजमिन, नक्सा पास, इन्टेरियर डिजाइन, इन्जिनियर, कला, शैली आदि सबै पर्दछन् । भवन जीवन निर्वाहको क्रममा सुरक्षासँग जोडिएर आउँछ । धन–सम्पत्तिको सुरक्षा, आत्मरक्षा, आरामदायी बसोबास, सुखशान्ति र स्थिरता नै भवन निर्माणको सुरुआत हो भन्न सकिन्छ । यसमा सौन्दर्यको कुनै भाव पाइँदैन किनकि यो त्यस समयको जीवन पद्धति हो, जुन समय ओडारको कष्टकर बसाइँबाट भर्खर स्थायी बसोबासको थालनी भएको थियो । वास्तुकलामा नयाँ–नयाँ शैली, कलाकृति, आर्किटेक्ट डिजाइन र इन्टेरियर डिजाइनको सुरुआत युरोपको ग्रिकबाट भएको मानिन्छ । यसले पूरा युरोपभर आफ्नो कला, संस्कृतिको रूपमा फैलिने अवसर प्राप्त गर्‍यो । वास्तुकलामा कला, धर्म, संस्कृति, रहनसहन, वस्तुको उपलब्धता, जाति विशेष आदिको ठूलो भूमिका र प्रभाव रहेको देखिन्छ । वास्तुकला एउटा दृष्य कला हो, जसमा विभिन्न शैली प्रयोग गरिन्छ । शैलीमा बनावट, निर्माण विधि, निर्माण सामग्री र क्षेत्रीय चरित्रजस्ता तत्व समावेश हुन्छन् । यसले संरचनालाई उल्लेखनीय वा ऐतिहासिक रूपमा पहिचानयोग्य बनाउँछ ।      प्रविधि र सूचना तथा सञ्चारको विकाससँगै संसार साँघुरियो । एक देशको वस्तु अर्को देशमा सजिलै हस्तारण हुने अवसर प्राप्त भयो । एक देशको प्रविधि, विकास र कला, संस्कृतिको नक्कल वा सिको गर्ने संस्कारको विकास भयो । सिको गर्ने सिलसिलामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । यसको फलस्वरुप युरोपियन शैलीका भवन बन्न थाले । विशेषगरी नेपालमा यसको सुरुआत जंगबहादुर बेलायत गएर फर्केपछि भएको पाइन्छ । यहाँ यिनै युरोपियन शैलीमध्येको एक रेनेशाँ कलासम्बन्धी छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।   युरोप क्लासिकल शैलीको आर्किटेक्चरका लागि प्रसिद्ध छ, जुन प्राचीन ग्रिसमा विकसित भएको थियो । मध्य युगको १४ औंदेखि १६ औं शताब्दीसम्म यो शैली इटालीको रोममा विकसित भएर युरोपभर फैलन सफल भयो । युरोपमा प्रचलित केही आर्किटेक्चर शैली बाइजान्टाइन, रोमानिस्क, गोथिक, रसियन, रेनेशाँ, ब्रान्कोभेन्स आदि हुन् । रेनेशाँ आर्किटेक्चर शैलीले प्राचीन ग्रिक र रोमन विचार, धार्मिक, सांस्कृतिक र भौतिक संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो शैली पहिलो पटक फ्लोरेन्स सहरमा फिलिप्पो ब्रुनलेस्चीले आविष्कार गरेका थिए । यो पछि इटालीको रोममा फैलियो । समयक्रममा यसले युरोपको स्पेन, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड, रुस आदि देशमा सहरको रूपमा विकसित हुन पुग्यो । यस शैलीमा सिमेट्री, प्रोप्रसन, जियोमेट्रीजस्ता म्याथमेटिक्स मेथड प्रयोग गरिएको छ । यी शैली विशेषगरी चर्च, नागरिक भवन र अन्य संरचनामा देख्न सकिन्छ । कोलम, पिलास्टर, लिनटेल्स आदि पिल्लर वा विमको रूपमा प्रयोग भएको छ । यसले भवनलाई हेराइमा सुन्दर र आकर्षक बनाउँछ । भवनको झ्याल, ढोका, पोर्टल र फायरप्लेसमा विभिन्न महँगा गरगहनाद्वारा आकर्षक ढंगले सजाइएका हुन्छन् । सेमिसर्कल आर्कस, हेमिसफेरिकल डोम्स, निचेस, आदिकुलाजस्ता आर्किटेक्चर प्रयोग गरी विविध धार्मिक मठमन्दिर निर्माण गरिएका छन् । धार्मिक मन्दिर र भवनमा अर्ध वर्गाकारका छाना, पिल्लर प्रयोग गरी बनाइएका हुन्छन् । भवनको माथिल्लो भागमा गुम्बज आकारको शैली प्रयोग गरिएको हुन्छ । यसमा विशेष कलात्मक शैली बढी प्रयोग भएको छ । इटालियनले गोथिक शैली नस्वीकारेको देखिन्छ । उनीहरू भवनको बाहिरी आकर्षणलाई बढी प्राथमिकता दिएको देखिन्छ । यसको उदाहरण हो, फ्लोरेन्स बाप्टिसटेरी र पिसा क्याथेड्रल । जुन धार्मिक भवनको रूपमा प्रतिनिधित्व गरेको छ र आकर्षक र कलात्मक बनावटले मनमोहक बनाएको छ । यसको आर्किटेक्चरमा भर्टिकल, क्लस्टर साफ्ट, अलंकृत ट्रेसरी र कम्प्लेक्स रिब्द भोल्टिङ यसका प्रमुख विशेषता हुन् । यस शैलीले युरोपको सबै क्षेत्र जस्तै, धार्मिक, सांस्कृतिक, राजनीतिक, ब्यापारिक, दार्शनिक, नागरिक रूपमा प्रभाव पारेको देखिन्छ । शैलीगत विशेषता रेनेशाँ आर्किटेक्ट डिजाइन भन्नु नै दृश्यावलकनको आधारमा स्क्वायर र सिम्याट्रिकल मोडलको प्रयोग हुनु हो । यस्तो मोडलमा प्रायः  फराकिलो प्वाल रहेको हुन्छ । यसको फेस भाग ठाडो गोलाकार अक्षमा घुमेको हुन्छ, जसको पिल्लर, आर्क र इन्टाविलेचर ट्रियान्गुलर आकारमा हुन्छ । पिल्लर रोमन र ग्रिक शैलीका प्रयोग गरिएका हुन्छन् । जस्तै, चुस्कान, डोरिक, आयोनिक, कोरिन्थियन र कम्पोजिट । यिनीहरू संरचनागत रूपमा आर्किट्राभ वा शुद्ध रूपमा सजावट गरिएका हुन्छन् । आर्केज, भाउल्ट, डोम्स प्रायः सबै सेमिसर्कलमै रहेका हुन्छन् । यसको छाना फराकिलो सनकिन प्यानलबाट बनेको हुन्छ, जुन गोलाकार, र्‍यागट्यांगुलर र ओक्टागन आकारमा छाइने गर्छ । यिनीहरू आकर्षक रंगरोगन र सजावटयुक्त हुन्छन् । यसका ढोका वर्गाकार लिन्टेल हुन्छन् । तिनीहरू आर्कमा सेट गर्न सकिन्छ वा त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । यिनीहरु प्रायः साइजमा ठूलो र सजावटी हुन्छन् । झ्याल पनि सेमिसर्कल आर्कमा रहेको हुन्छ । झ्याल पनि ढोकाजस्तै त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । भवनका वाल प्रायः इँटाले बनेको हुन्छ । साथै, भवनको मुख भाग रेन्डर र  राम्रोसँग फिनिसिङ गरिएका ढुंगाबाट बनेका हुन्छन् । वालका कर्नर क्वाइन गरिन्छ, जसले वालमा सुन्दरता थप्ने काम गर्दछ । यो त्यस समयको आकर्षक शैलीमा बनेको कलात्मक र सौन्दर्यमा आधारित भवन आधुनिक नयाँ शैलीका भवनको डिजाइनमा उपयुक्त हुन सक्छ । नयाँ–नयाँ शैलीका भवनको सौखिनका लागि यो आर्किटेक्चर शैली उपयुक्त हुन सक्छ ।

पर्यटक आगमन ५२.४१% ले घट्यो

काठमाडौं । सन् २०२१ मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९)को शुरुआती वर्ष सन् २०२० मा भन्दा यो वर्ष नेपालमा आउने पर्यटकको संख्यामा ५२ दशमलव ४१ प्रतिशतले कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मा नेपालमा कुल १ लाख ५० हजार ९६२ पर्यटक आएका छन् । सन् २०२० मा भने नेपालमा आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ थियो । सन् २०१९ अर्थात् कोरोना भाइरसपूर्वको वर्षमा भने नेपालमा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२० को शुरूमै देखिएको कोरोना भाइरसको प्रभाव हालसम्म कायमै छ । कोरोना कालका यी वर्षका बीचमा कोरोनाविरुद्धको खोप लगाएका कारण र हवाई यातायात पनि खुलाएका कारण यो वर्ष पर्यटक बढ्ने आकलनका बीच गतवर्षको भन्दा पनि कम पर्यटक नेपालमा आएका छन् । बोर्डको तथ्यांकअनुसार गतवर्ष नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै सार्क मुलुकका छन् । सन् २०२१ म बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ७१ हजार ६१० जना पर्यटक नेपाल आएका छन् । सार्कका यी मुलुकमध्ये पनि सबैभन्दा धेरै भारतबाट ६४ हजार ६७३ पर्यटक नेपाल आएका छन् । सबैभन्दा कम भने भुटानबाट जम्मा ३४४ जना नेपाल आएका छन् । सार्क मुलुकपछि दोस्रोमा यूरोपेली देशहरूका नागरिक आएका छन् । यूरोपको फ्रान्स, इटली, स्पेन बेलायत, जर्मन, डेनमार्कलगायत देशबाट सन् २०२१ मा २५ हजार ३०५ जना नेपाल भ्रमणमा आएका छन् । यूरोपेली देशमध्ये बेलायतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो देशबाट नेपालमा आउने पर्यटकको संख्या ८ हजार ६८० रहेको छ । यस्तै जर्मनीबाट २ हजार ९३१ जना, फ्रान्सबाट २ हजार ८२९ जना र सबैभन्दा कम नर्वेबाट २७२ जना आएका छन् । यस्तै अमेरिकी मुुलुक क्यानडा र अमेरिका दुई देशबाट नै नेपालमा २५ हजार २९१ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये अमेरिका (यूएसए) बाट २२ हजार ८५३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । एशियाका देशहरू चीन, जापान, मलेशिया, सिंगापुर, थाइल्यान्ड देशबाट जम्मा ९ हजार ८२५ पर्यटक आएका छन् । यीमध्ये चीनबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । सन् २०२१ मा चीनबाट जम्मा ६ हजार १९६ पर्यटक नेपालमा आएका छन् भने दक्षिण कोरियाबाट १ हजार २६३ जना पर्यटक नेपालमा आएका छन् । ताइवानबाट जम्मा ९१ जना पर्यटक नेपाल आएका छन् । नेपालमा आउने पर्यटकको संख्या भारतपछि चीनको धेरै हुने भए पनि कोरोना संक्रमणपछि भने चिनबाट आउने पर्यटकको संख्यामा कमी हुँदै आएको छ ।

१६ वर्षपछि मेस्सी र रामोस बिनाको एल क्लासिको, रोमाञ्चकतामा प्रभाव पर्ला ?

विश्वकै चर्चित फुटबलको महाभिडन्तको रुपमा परिचित एल क्लासिको नजिकिँदै छ । सन् २०२१-२०२२ को सिजन सुरु भएपछिको पहिलो एल क्लासिको आगामी आइतबार हुँदैछ ।स्पेनिस ला लिगाका परिचित प्रतिद्वन्दी बार्सिलोना र रियल मड्रिडले आइतबार नेपाली समय अनुसार रातको ८ बजे एक अर्काको सामना गर्दैछन् । तर, यस पटक एल क्लासिको धेरै फरक हुनेछ । इतिहाँसमा सबै भन्दा बढी एल क्लासिको खेलेका दुई खेलाडी यस पटक मैदानमा हुने छैनन् । यसपालीको एल क्लासिकोमा लियोनल मेस्सी र सर्जियो रामोस हुने छैनन् । समान ४५ एल क्लासिको खेलका यी दुई खेलाडी बिना नै यसपाली एल क्लासिको हुँदैछ । मेस्सी र रामोस दुवैले यसै सिजन स्पेन छाडेका हुन् । अहिले यी दुवै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा छन् । स्पेनमा हुँदा एक अर्काका कट्टर प्रतिद्वन्दी रामोस र मेस्सी अहिले एउटै क्लबमा पुगेका छन् ।मेस्सी र रामोस नहुँदा एल क्लासिको खल्लो हुने अनुमान गरिएको छ । तर, एल क्लासिको पूरानो र सबै भन्दा राम्रो खेल भएकाले खेलाडी परिवर्तनले असर नपार्ने दाबी पनि हुँदै आएको छ । बार्सिलोना र रियल मड्रिडबीचको प्रतिष्पर्धा जहिल्यै ऐतिहासिक हुँदै आएकाले मेस्सी र रामोस नहुँदैमा यसको महत्व र रोमाञ्चकता नघट्ने दाबी रियलका स्टार स्ट्राइकर करिम बेन्जेमाको छ । उनले एक मिडियामा अन्तरवार्ता दिँदै यस्तो दाबी गरेका हुन् ।

पन्डोरा पेपर्स : तरंगित विश्व र उदासीन नेपाल

हालै मात्र अन्तरराष्ट्रिय खोज पत्रकारहरूको सञ्जालले सार्वजनिक गरेको ‘पन्डोरा पेपर्स’ फेरि एकपटक विश्वका प्रभावशाली राजनीतिज्ञ, अपराधी तथा व्यवसायीहरूले आफ्ना अवैध आर्जनलाई कसरी करमुक्त भनिने देशहरूमा छद्म कम्पनीमार्फत गोप्य तरीकाले कारोबार गरिरहेका छन् भन्ने खुलासा गरेको छ । हुन त यस्तै प्रकारका खुलासा यसभन्दा अगाडि पनि ‘पानामा पेपर्स’ तथा ‘प्याराडाइज पेपर्स’को रूपमा भइसकेकाले ‘पन्डोरा पेपर्स’ले कुनै नयाँ तथ्य उजागर गरेको नभई सबैले थाहा पाइरहेको विषयवस्तु माथि नै थप प्रकाश पारेको बताउनेहरू पनि छन् । तैपनि ६४ लाखको संख्यामा विभिन्न दस्तावेज, २९ लाखको संख्यामा तस्वीरहरू तथा १२ लाख इमेलहरू, करीब ९ लाखको संख्यामा अन्य सामग्रीसमेत गरी १ करोड १९ लाखको संख्यामा प्राप्त सामग्रीका आधारमा खोज पत्रकारहरूको अन्तरराष्ट्रिय  सञ्जालले सार्वजनिक गरेको सूचनाले फेरि एकपटक विश्वको ध्यान आफूतिर आकर्षित गर्न सफल भएको छ । सम्पत्ति शुद्धीकरणको मामलामा स्रोत नखुलेका नगण्य राशीका रकमतिर ध्यान दिने तर अन्तरराष्ट्रिय रूपमा प्रभाव पर्ने विषयहरूप्रति उदासीनता देखाउने प्रवृत्तिले एकातिर अन्तरराष्ट्रिय जगत्मा देशकै छवि धमिलिन्छ भने अर्कोतर्फ नाम समावेश भएका निर्दोष व्यक्तिहरू माथि ‘अनावश्यक’ कलंक लाग्ने भएकाले राज्यस्तरबाट आवश्यक छानविन हुनु जरुरी छ । ११७ देशका ६ सय खोज पत्रकारहरूको अध्ययनको निचोडका रूपमा रहेको यो ‘पेपर्स’ले १३० जना फोब्र्सको अर्बपतिहरूको सूचीमा परेका धनाढ्यहरूका साथै वर्तमानमा राज्य प्रमुख तथा सरकार प्रमुखको जिम्मेवारीमा रहेका १४ जना व्यक्तिलगायत अन्य विभिन्न मुलुकका प्रभावशाली व्यक्तिहरूले करमुक्त भनिने देशहरूमा कम्पनी खोलेर गरेका गोप्य कारोबार विवरण सार्वजनिक गरेको छ र यही खुलासाको कारण उनीहरूको पदसमेत जोखिममा परेको छ । ‘पन्डोरा पेपर्स’ किन महत्त्वपूर्ण छ ? करमुक्त देशहरूको (ट्याक्स ह्यावेन्स) आर्थिक गतिविधि विशेष गरी अन्य देशका व्यक्तिहरूका लागि गोप्य रूपले व्यापारिक कम्पनीहरू खोल्न दिने त्यसैमार्फत देशको अर्थतन्त्र चलायमान बनाउने कुरामा केन्द्रित हुन्छ । केमन आइल्यान्ड, ब्रिटिश भर्जिन आइल्यान्डजस्ता देशहरूको अर्थतन्त्र मुख्य गरी यस्तै प्रकारका कम्पनीहरूको कारोबारमा निर्भर हुन्छ भनिन्छ । यहाँ कम्पनी खोल्न सहज मात्र होइन कि विदेशमा रहेका विभिन्न व्यक्तिका लागि कम्पनी खोल्ने सेवा प्रदान गर्ने प्रयोजनका लागि पनि कम्पनीहरू खुलेका हुन्छन् । यी नै कम्पनी सेवा प्रदान गर्नेहरूले नै यस्ता नाम मात्रका कम्पनी खोल्न मद्दत गर्ने भएकाले यिनीहरूको कारोबारलाई विश्वभरि नै उच्च जोखिममा राख्ने गरिन्छ । यस्ता देशहरूमा कम्पनी खोल्न मात्र सजिलो हुने होइन, अपितु खोलिएका कम्पनीका हिताधिकारीहरू समेत गोप्य राख्ने सुविधा हुन्छ । यसो भएपछि अवैध रूपमा कमाएको रकमलाई आफ्नो पहिचान लुकाएर यस्ता कम्पनीमार्फत आफ्नो देशमा भित्र्याएर चोख्याउने आम प्रचलन रहेकाले यस्ता करमुक्त देशहरूमा भएका कम्पनीमार्फत आउने रकमप्रति राज्यका निकायहरूको विशेष चासो रहने गरेको छ । हिताधिकारीहरूको गोपनीयता हुने भएकाले यस्ता देशहरूमा सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराध गर्नेहरूले मात्र होइन कि आतंकवादी क्रियाकलाप सञ्चालन गर्ने अन्तरराष्ट्रिय  संगठित आपराधिक समूहहरूले समेत कम्पनी खोलेर आतंकवादी क्रियाकलाप सञ्चालन गर्ने प्रबल सम्भावना रहन्छ । नामैले जनाएअनुसार यस्ता देशमा करको दर नगण्य र कतै कतै त शून्य नै हुने गर्छ । त्यसैले यहाँ दर्ता मात्र गरिने कम्पनीहरूको वास्तविक कारोबार उक्त देशमा नभएर त्यस्ता कम्पनीहरूलाई माध्यम बनाएर अन्यत्रै हुने गर्छ । वास्तवमा अवैध आर्जनमार्फत गोप्य कारोबार गर्ने प्रयोजनका लागि मात्र यस्ता कम्पनीहरू त्यहाँ खुल्ने गर्छन् । यसरी करछली तथा अवैध आर्जनलाई गोप्य राख्ने र चोख्याउने मात्र उद्देश्यले यसरी कम्पनी खोली कारोबार गर्ने पन्डोरा पेपर्सले जसरी गर्ने यस्तो खुलासाले विश्वभरि तरंग मात्र होइन, प्रभावकारी परिवर्तन पनि ल्याउने गर्छ । केही वर्षअगाडि सार्वजनिक भएको एक प्रतिवेदनअनुसार विश्वको कुल अर्थतन्त्रको १० प्रतिशत अंश यस्तै करमुक्त देशमा खोलिएका कम्पनीहरूको कारोबारले ओगटेको बताइएको थियो । खुलासाका उपलब्धि अहिलेको ‘पन्डोरा पेपर्स’ जस्तै केही वर्षअगाडि सार्वजनिक भएको ‘पानामा पेपर्स’ले गरेको यस्तै प्रकारको खुलासा पछि स्पेनको सम्पत्ति शुद्धीकरण छानविन गर्ने निकायले पेपर्समा उल्लिखित २०९ कम्पनीहरूको बारेमा अनुसन्धान गरी १४ करोड यूरो बराबरको कर असुली गर्न सफल भएको थियो भने करमुक्त देश पानामाले यूरोपका अधिकांश देशहरूसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी सम्झौता गर्न बाध्य भएको थियो । परिणामतः अहिले ती देशहरूका वीचमा स्वचालित एवं पारदर्शी रूपमा एकअर्काको देशमा भएका कम्पनीहरूको बैंकिङ कारोबार तथा करसम्बन्धी तथ्यांकहरू सजिलै आदानप्रदान हुने गरेको छ । अन्यत्रको सम्बोधन र नेपालको चासो पन्डोरा पेपर्स सार्वजनिक हुनेबित्तिकै अमेरिकाले आफ्नो देशमा वित्तीय पारदर्शिताका लागि महŒवपूर्ण प्रयासहरू भइरहेको र भविष्यमा यसलाई अझ बढी पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै चेकको प्रहरी संगठनले पन्डोरा पेपर्समा परेका प्रधानमन्त्रीलगायत सम्पूर्णलाई छानविनको दायरामा समेट्ने घोषणा गरेको छ । यद्यपि त्यहाँका प्रधानमन्त्रीले उनले सन् २००९ मा फ्रान्समा अढाई करोड डलरमा यस्तै नाम मात्रमा विदेशमा खोलिएको एक कम्पनीको नाममा विलासी महल किनेको भनी लागेको आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्नो लगानी पूर्ण वैध भएको दावी गरेका छन् । पाकिस्तान, मेक्सिको, स्पेन, ब्राजिल, श्रीलंका, अस्ट्रेलिया, पानामालगायत कतिपय देशले पन्डोरा पेपर्समा समावेश भएका व्यक्ति तथा उनीहरूको कारोबारबारे छानविन गर्नेसमेत घोषणा गरिसकेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले त पन्डोरा पेपर्सले उठाएका मुद्दाहरू जलवायु परिवर्तनको मुद्दा जत्तिकै महत्त्वपूर्ण रहेकाले यसलाई हलुका पाराले नलिइने बताएका छन् । युक्रेनका सर्वाधिक ३८ जना राजनीतिज्ञहरूको नाम यो पेपर्समा परेपछि उसले पनि आवश्यक छानविन गर्ने जानकारी दिएको छ । त्यस्तै, केन्या, रसिया, अस्ट्रेलिया आदि देशहरूले पनि पन्डोरा पेपर्सले गरेको खुलासालाई लिएर गम्भीर रूपमा लिएका र त्यसको उचित छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अझ उनीहरूले कर छलेर विदेशी कम्पनीहरूमार्फत गोप्य तरीकाले अवैध कारोबार गर्नेहरूको गोपनीयता अब कायम रहन नसक्ने जनाउ दिएका छन् । यता नेपालमा पनि कतिपय व्यक्तिको नाम पन्डोरा पेपर्समा नआएको होइन । त्यसो त यसअघि प्रकाशित ‘पानामा पेपर्स’ तथा ‘प्याराडाइज पेपर्स’मा पनि नेपालीहरू अटाएका नै थिए । तर, अहिलेसम्म पनि राज्यस्तरबाट यस्ता खुलासालाई गम्भीरतापूर्वक लिइएको पाइएको छैन । सम्पत्ति शुद्धीकरणको मामलामा स्रोत नखुलेका नगण्य राशीका रकमतिर मात्र ध्यान दिने तर यस्ता अन्तरराष्ट्रिय  रूपमा प्रभाव पर्ने विषयहरूलाई सामान्य रूपमा लिएर त्यसप्रति उदासीन भाव देखाउने राज्यका जिम्मेवार निकायहरूको प्रवृत्तिले एकातिर अन्तरराष्ट्रिय  जगतमा देशकै छवि धमिलिने र अर्कोतर्फ अनावश्यक ढंगले नाम समावेश भएका भनिएका निर्दोष व्यक्तिहरू माथि ‘अनावश्यक’ कलंक नमेटिने हुनाले समेत यस्ता सूचनाहरूप्रति राज्यस्तरबाट आवश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक हुनु नितान्त जरुरी छ । लेखक बैंकर हुन् ।

पोल्यान्डविरुद्ध स्पेन, यी खेलाडीले पार्न सक्छन् प्रभाव

राबेर्ट लेवान्डोस्की पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्की आजको खेलमा प्रमुख आकर्षण बन्ने पक्का छ । र, उनलाई खुला छाड्दा नतिजा उल्ट्नसक्छ भन्ने स्पेनलाई पनि थाहा छ । त्यसैले स्पेनिस डिफेन्डरहरुले यी स्ट्राइकरमाथि विशेष निगरानी राख्नेछन् ।सन् २०२०÷२१ को सिजन लेवान्डोस्की युरोपकै सर्वाधिक गोलकर्ता बने । उनले बुन्डेसलिगाम...

युरोपमा बढ्दै कोरोनाको असर : स्पेनमा संक्रमितको संख्या १० लाख नाघ्यो

स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। यससँगै १० लाख बढी संक्रमित हुने राष्ट्रमा स्पेन छैठौं मुलुक बनेको छ। यसअघि अमेरिका,भारत,ब्राजित,रसिया र अर्जेन्टिनमा १० लाखभन्दा बढी संक्रमित पहिचान भइसकेका छन्। सुरुमा चीनबाट फैलिएको भाइरसले युरोपमा सबैभन्दा बढी प्रभाव स्पेनमा पारेको थियो।  बुधवारमात्रै स्पेनमा १६ हजार ९७३

स्पेनले आप्रवासीमाथि कडाई गर्ने भएपछि नेपालीहरू धमाधम पोर्चुगल जाँदै

कृष्ण खनाल 'मदन' बार्सिलोना (स्पेन) : कोरोना भाइरसबाट सबैभन्दा नराम्रो प्रभाव ब्यहोरेको युरोपेली मुलुक स्पेनले अवैधानिक ढंगले बसोबास गरिरहेका आप्रवासीमाथि कडाई गर्ने भएपछि त्यहाँ रहेका नेपालीहरू धमाधम पोर्चुगलतर्फ जान थालेका छन्‌। स्पेन सरकारले अवैधानिक आप्रवासीमाथि कडाई गर्दैछ। स्पेनका उपप्रधानमन्त्री ...

यो साता संक्रमणले विदेशमा ज्यान गुमाउने न्यून

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका …

रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा

स्पेन । कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा समेत परेको छ । पछिल्लो समय स्पेनको ला लिगाको खेलसमेत कोरोना भाइरसका कारण प्रभावित हुन पुगेको छ । रियल म्याड्रिडका खेलाडीहरू क्वारेन्टराइनमा बस्ने भएसँगै ला लिगाका खेलहरू कम्तीमा दुई साता स्थगित भएको छ । स्पानिस फुटबल फेडेरेसनसँगको छलफलपछि ला लिगाले दुई साताका लागि खेल स्थगित गरेको बताइएको छ …