उदयपुरको कटारी नगरपालिकाले नगरका कृषकहरूले उत्पादन गरेको गोलभेँडा बजारमा पुर्याइदिने गरेको छ । नगरको वडा नं ११ मा उत्पादित गोलभेँडाले बजार नपाएपछि नगरपालिकाको सवारी साधन मिनी ट्रकले कृषकहरूको गोलभेँडा बजारसम्म पुर्याइदिने गरेको हो । नगरपालिकाको मिनी ट्रकले कोशी प्रदेशका साथै बागमती प्रदेशको सिन्धुली, मधेस प्रदेशको सिरहासम्म लगेर कृषकहरूको गोलभेँडा बिक्री गरिदिने गरेको छ । “नगरपालिकाले …