मृतकका परिवारसँग ७ बुँदे सहमतिपछि कटारी नगरपालिका-१० बाट उठाइयो शव र मतपेटिका

उदयपुर – उदयपुरको कटारी नगरपालिका ७ सोरुङ्ग छविसेमा पर्ने कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आजमात्र मतपेटिका उठाइएको छ । शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा स्थिति असहज भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवकको ज्यान गएको थियो । प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको परिवारसँग ७ बुँदे सहमति भएपछि उदयपुरको कटारी नगरपालिका-१० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याँदै छ ।शुक्रबार प्रहरीले गोली चलाउँदा १९ वर्षीय नवीन भनिन...

सम्बन्धित सामग्री

बाजुरा घटना: ६ दिनपछि सन्दीव अयडीको शव उठ्यो

महेश कार्की बाजुरा । बाजुराकाे त्रिवेणी नगरपालिका- ७ मा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सन्दीव अयडीको शव आफन्तले बुझेका छन् । उनको यहि मंसिर ४ गते मतदानको समयमा मतपेटिका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाउँदा मृत्यु भएको थियो । आज शुक्रबार उनका आफन्तले ६ दिनपछि लाश बुझेर दाह सस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको […]

कटारीको सोरुङबाट मतपेटिका र मृतकको शव उठाउने सहमति

उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेको कालिका माविबाट मतपेटिका र मृतकको शव उठाउने सहमति भएको छ । वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि भएको झडपमा प्रहरीले गोली चलाउँदा स्थानीय वीरबहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाएका थिए । सर्वदलीय र सर्वपक्षीय बैठकपछि मतपेटिका र मृतकको शव उठाउने सहमति भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । दलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका र शव कटारीमा ल्याउँदै छन् । ‘मृतकको शव पोष्टमार्टम गर्न कटारी लिएर ज

कटारी घटना : सर्वदलीय सहमति स्थानीयले मानेनन्, युवकको शव अझै उठेन

उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेमा वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि झडप भयो । झडपमा प्रहरीले गोली चलाउँदा स्थानिय वीर बहादुर कटुवाल ‘नविन’ले ज्यान गुमाए ।मतपेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने बेलामा भएको झडपमा एकजना घाइते समेत भएका थिए । शनिवार प्रमुख जिल्ला अध...

उठेन मृतकको लास र मतपेटिका, कटारी १० को सोरुङ्गछविसे तनावग्रस्त

उदयपुरको कटारी नगरपालिका वडा नं १० स्थित जनता कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका एक युवकको शव अझै घटनास्थलमैै रहेको छ । कटारी नगरपालिका वडा नं १० सोरुङ्गछविसेका १९ वर्षीय नविन कटुवालको शव तीनदिनदेखि मतदान केन्द्रमै रहेको छ ।

कटारीमा युवकको शव अझै उठेन, मत पेटिका खोस्न थालेपछि गोली हानिएको प्रहरीको दाबी

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-१० सोरङ छबिसेमा प्रहरीको गोली लागेर मारिएका १९ वर्षीय नविन कटुवालको शव अझै उठ्न सकेको छैन। मृतकका आफन्तले शव उठाउन नमानेका हुन् । त्यस क्षेत्रमा अहिले प्रदर्शन भइरहेको छ। मारिएका कटुवाल वडाध्यक्षका स्वतन्त्र उम्मेदवार गौरव कटुवालका भतिजा हुन्। स्थानीय जनता कालिका माविमा मतदान सकिएपछि मतपेटिका संकलन गरेर लैजान लाग्दा ५०/६० जनाको […]