गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरूले घरहरूमा झण्डा नराख्ने सहमति गरेका छन्।यहाँका राजनीतिक दलहरूको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य कृष्ण घिमिरेले जानकारी गराए।निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न यहाँका राजनीतिक दलहरूले घरमा कुनै पार्टीका झण्डा नराख्ने गरी राजनीतिक दलहरूबीच सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।नेपाली कांग्रेसका नेता रवीन्द्र घिमिरे र नेकपा माओवादी केन्द्रका राजन घिमिरेले पनि झण्डा नराख्ने&n