स्थानीय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाका राजनैतिक दलहरुले कसैको घरमा पनि पार्टीको झण्डा नराख्ने प्रतिबद्धता जनाएका छन् । पालिकाको निर्वाचन अधिकृत मुना पौड्यालका अनुसार दलहरुबीच यस्तो सहमति भएको हो । पौड्यालले यो एकदमै फरक र सकरात्मक पक्ष भएको बताइन् । दलहरुले पार्टीका झण्डाहरू सार्वजनिक कार्यक्रम र गाडीमा भने राख्ने छन् ।