विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन

विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि

सम्बन्धित सामग्री

विद्युतीय भुक्तानी कारोबारमा गुणात्मक वृद्धि

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गत आर्थिक वर्ष जेठसम्मको तथ्यांकअनुसार विद्युतीय भुक्तानीको संख्या र परिमाण गुणात्मक रूपमा बढेको देखिएको छ । केन्द्रीय बैंकका अनुसार ठूलो कारोबारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कनेक्ट आईपीएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उच्च वृद्धि भएको छ । यी उपकरणको माध्यमबाट २०७७ जेठसम्ममा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोबार भएकोमा २०७८ जेठसम्ममा २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसमा आरजीटीएस, कनेक्ट आईपीएस र मोबाइल बैंकिङको ठूलो हिस्सा छ । तथ्यांक अनुसार २०७७ जेठमा कनेक्ट आईपीएसबाट ६ लाख ९६ हजार ५३८ पटक कारोबार भएकोमा २०७८ जेठमा २० लाख १६ हजार ६४८ पुगेको छ । नेपाल राष्ट्र बैंकले अभियानकै रूपमा सञ्चालन गरेको क्विक रेस्पोन्स (क्यूआर)मा आधारित कारोबारमा पनि बढेको छ । क्विक रेस्पोन्समा आधारित भुक्तानी २०७७ असार मसान्तमा १ लाख ९५ हजार १६ ओटा भएको थियो, जुन २०७८ जेठ मसान्तमा ५ लाख २ हजार ६६६ पुगेको छ ।      यसैगरी २०७७ जेठमा मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोबार भएकोमा बढेर २०७८ जेठ मसान्तमा १ करोड १० लाखभन्दा माथि पुगेको छ । वालेटमार्फत हुने कारोबार भने केही घटेको छ । २०७७ जेठमा १ करोड १ लाख ७९ हजार ५५७ पटक कारोबार भएकोमा २०७८ जेठ मसान्तमा ९७ लाख ५० हजार ६५ मा सीमित छ ।     कोरोनाका कारण २०७६ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिक रूपमा उपस्थित भएर कारोबार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका छन् । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणअनुसार कनेक्ट आईपीसमार्फत हुने कारोबार १ खर्ब भन्दा बढीले भएको छ ।      २०७७ जेठ मसान्तमा ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आईपीएसमार्फत भएकोमा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुकता तथा कोरोनाका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक र सम्बद्ध अन्य निकायको सार्थक प्रयासले नगदरहित कारोबार बढेको उनको भनाइ छ । सबै क्षेत्रमा सहज रूपमा विद्युतीय कारोबार हुने र स्वीकार्य हुने अवस्था बनेमा नगद कारोबारलाई न्यून विन्दुमा झार्न सकिने उनले बताए । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्म ५८ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी क्यूआरकोडमार्फत भएको थियो । २०७८ जेठ मसान्तसम्ममा त्यो बढेर १ अर्ब ९६ करोड ८० लाख पुगेको छ । यसले पनि ग्राहकहरू प्रविधिको प्रयोगमा अध्यस्त हुँदै गएको देखिन्छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले सहज रूपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुकताका कारण विद्युतीय कारोबार बढेको बताउँछन् । क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि भएको छ । रासस

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, साढे ४ अर्बमा खुम्चियो शेयर कारोबार

असार २१, काठमाडौं । पछिल्लो समय शेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दै गइरहेको छ ।  गत वर्ष नेपालमा कोरोना महामारीको जोखिम बढेसँगै देशमा गरिएको लकडाउनका कारण सकारात्मक प्रभाव परेको शेयर बजारमा पछिल्लो समय उत्साह कम देखिएको छ । जेठ ३१ गते हालसम्मकै उच्च विन्दु ३ हजार २५ दशमलव ८२ विन्दुमा पुगेको नेप्से असार २१ गते सोमवार २ हजार ८२२ दशमलव ७३ विन्दुमा आएको छ ।  नेप्से परिसूचक हालसम्मको उच्च विन्दुदेखि २०३ दशमलव शून्य ९ अंक अर्थात् ६ दशमलव ७१ प्रतिशत घटेको हो । सोमवार मात्र नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशत अर्थात ११ दशमलव ७८ अंकले घटेको छ । देशमा पछिल्लो समय वैशाख १६ गतेदेखिको लकडाउनका कारण बैकल्पिक लगानी बनाएका लगानीकर्ता क्रमश : लकडाउन खुकुलो भएसँगै वाहिरिएकाले पनि बजार प्रभावित बनेको अनुमान ब्रोकरहरुले लगाएका छन् ।  यो आर्थिक वर्ष सकिनै लाग्दा आगामी वर्ष नीतिगत केहि परिवर्तनको हुनसक्ने आशंकाको कारण पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरुको अनुमान छ । केहि समय अघि दैनिक करीब २० अर्ब रुपैयाँको कारोबार भएको बजार पछिल्लो समय घटेपनि कारोबार रकम भने कम भएकाले आत्तिनुपर्ने अवस्था नरहेको ब्रोकरहरु बताउँछन् । नेप्से परिसूचक घटेसँगै कारोबार रकमको उच्चता पनि कायमै रहेको अवस्थामा भने बजारमा नकारात्मक प्रभाव पर्ने तर्क ब्रोकरहरुको हो । यसर्थ परिसूचक घटबढ भए पनि कारोबार रकमको न्यूनताले लगानीकर्ताहरु सस्तोमा शेयर विक्री गर्न इच्छुक नभएको संकेत गरेकाले आगामी दिनमा यसले बजारमा सकारावत्मक प्रभाव पर्ने विश्वास ब्रोकरहरुको छ । गत जेठ ३१ गते नेपालको शेयर बजारमा एकै दिन रू. १९ अर्ब ५५ करोड बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो । असार ८ गतेसम्म दैनिक १० अर्ब रुपैयाँको शेयर कारोबार हुदैं आएको बजारमा त्यसपछि भने कारोबार रकम घट्दै गएको छ । सोमवार असार ८ गतेपछिकै न्यून रू. ४ अर्ब ५८ करोड २२ लाख १२ हजार बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२४ कम्पनीको ५२ हजार ८४६ पटकको व्यापारमा भएको हो ।  कुल कारोबार रकममा यो दिन सर्वाधिक हिस्सा हिमालयन डिष्टिलरी लिमिटेडले ओगटेको छ । उक्त कम्पनीको सर्वाधिक रू. ४१ करोड २० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ८ दशमलव शून्य २ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५ हजार ६८५ कायम भएको छ । सोमवार सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ । व्यापारिक र उत्पादन तथा प्रशोधन समूहकोे परिसूचक यो दिन सर्वाधिक बढेको छ । व्यापारिक समूहको ३ दशमलव ६१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ९ प्रतिशतले परिसूचक बढेको हो । त्यस्तै अन्यको शून्य दशमलव ४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५५ प्रतिशत परिसूचक यो दिन बढेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ६१ प्रतिशतले घटेको छ ।  त्यस्तै विकास बैंकको २ दशमलव ३७ प्रतिशत, जलविद्युतको १ दशमलव ८९ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ५८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव १२ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ३७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८ प्रतिशत परिसूचक घटेको छ । सोमवार विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३४ ले बढेर अन्तिम मूल्य रू. ५ हजार ८७९ पुगेको छ । दोहोरो अंकले घटेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्यमा भने सर्किट लेभलमा बढेको हो । यस दिन कम्पनीको शेयर मूल्यमा प्रभाव पर्ने कुनै पनि सूचना भने सार्वजनिक भएको छैन ।

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन

काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो । इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित जर्मनीको लेइप्जीग विश्वविद्यालयको अध्ययनअनुसार वायुमा प्रदूषण घट्नुको साथै तापमान वृद्धिमासमेत सन्तुलन आएको छ । लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोकिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको...

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव-अध्ययन

विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो । हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ ।

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

पाँचथर । कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भए पनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन् । गत चैत ११ गतेदेखि कडाइका साथ लागू गरिएको बन्दाबन्दीले आम मानिसको दैनिकीमा नै परिवर्तन ल्यायो ।

कोरानाकालमा बढ्यो रेमिट्यान्स, घट्यो हुण्डि

१३ असोज, काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड-१९) को निकै ठूलो असर परे पनि नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण) मा भने सकारात्मक प्रभाव परेको छ । नेपाल पूर्ण लकडाउन भएर वैदेशिक रोजगारीमा जाने क्रम ठप्प हुँदा …

'लकडाउन'को प्रभाव हावामा, सिमरा बाहेक सबै केन्द्रमा 'ग्रीन सिग्नल’

काठमाण्डौ – ‘लकडाउन’ का कारण सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ । हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह देखिएको छ ।  अहिले वातावारण विभाग र अरु विभिन्न सङ्घसंस्थाले देशका विभिन्न २२ ठाउँमा राखेका हावाको प्रद...