काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।
इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित जर्मनीको लेइप्जीग विश्वविद्यालयको अध्ययनअनुसार वायुमा प्रदूषण घट्नुको साथै तापमान वृद्धिमासमेत सन्तुलन आएको छ । लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोकिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको...