काठमाडौँ । राष्ट्रियसभा सदस्य बिना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले महिला हिंसामा कमी नआएको बेचबिखन, कतिपय क्षेत्रमा बोक्सीको आरोप, सामूहिक बलात्कार र यौन दुर्व्यवहारका घटना बढिरहेकाले यस्ता कार्य […]