महिला हिंसा अन्त्य गर्न कानुन सुधार गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्य गर्न कानुन सुधार गर्नुपर्ने बताउनुभएकाे छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानुनको सुधार गर्नुपर्ने बताउनुभयो ।  कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने मन्त्री भुसालकाे भनाइ छ । उहाँले भन्नुभयो, &l...