काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङले फेरि बेल्ट एण्ड रोड (बीआरआई) सफल बनाएरै छाड्ने प्रतिबद्धता गरेका छन्। उनले बोआओ मञ्चको शिखर सम्मेलन उद्घाटनमा बोल्दै यस अभियानलाई सफल बनाएरै छाड्न चीन प्रतिबद्ध रहेको बताएका हुन्।राष्ट्रपति सीले चीनले विश्वलाई जोड्न चाहिने ‘हार्ड एण्ड सफ्ट’ पूर्वाधार बनाउन सबैसँग मिलेर काम गर्ने बताए।