बीआरआई नेपालको हितमा छ : पूर्व राजदूत कार्की (भिडिओसहित)

काठमाडौं, ७ चैत्र । पूर्व राजदूत टंक कार्कीले चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउनु सामान्य भएको बताए । उनले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमण सफल हुने विश्वास दिलाए। उनले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने स्पष्ट पारे । उनले अहिले चिनियाँ अर्थतन्त्रको प्रस्तुति हेर्दा निकट भविष्यमै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने दाबीगरे । […]

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा स्व.नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने, प्रतिनिधिसभा बैठक सर्‍यो, श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन,राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता, समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित,कांग्रेसको बीपी साहित्य महोत्सव स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए । श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा […]

‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’ सुुरु

पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि राजधानीमा सुुरु भएको छ ।काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तल्ला डिइसीसीमा शनिबार ‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’ प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत सईद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारीकलगायतका गतिविधिमा […]

गृहमन्त्री–चिनियाँ राजदूत भेट : नेपाल एक चीन नीतिको पक्षमा– खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज शुक्रवार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशिलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो । अन्य छिमेकी देश र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।  भेटमा राजदूत यान्छीले...

गृहमन्त्री खाँणले यान्छीसँग भने: नेपाल एक चीन नीतिको पक्षमा छ

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए। अन्य छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो। भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन्।...

नेपाल र नेपालीको हितमा काम गर्छु

काठमाण्डौ – ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालले नेपाल र नेपालीको हितमा काम गर्ने बताउनुभएको छ । बिहीबार नेपाली दूतावास मस्कटमा आफ्नो पदभार ग्रहण गर्दै राजदूत अर्यालले आउँदा दिनमा नेपाल र ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै  नेपाल र नेपालीहरूको हितमा काम गर्ने बताउनुभएको हो । नवनियुक्त राजदूत अर्यालले साउन ५ गतेदेखि ओमानका लागि नेपाली राजदूतको पदभार ग्रहण गर्नुभएको छ । राजदूत अर्याल यसअघि राहदानी विभागको महानिर्देशक हुनुहुन्थ्यो ।

ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार

दोहा – ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् । बिहिबार अपरान्ह दूतावासमा राजदूत अर्याललाई दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । त्यसक्रममा नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकारबाहीबारे अवगत गराएका थिए । राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त […]

स्पेनका लागि नेपाली राजदूत शेर्पा स्वदेश फर्किइन्

काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा पनि स्वदेश फर्किएकी छिन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि उनी स्वदेश फर्किएकी हुन्। बिहीवार एक विज्ञप्ति जारी गर्दै उनले आफू राजदूत पदमा नरहेपनि भविष्यमा पनि नेपालको हितमा सक्रिय हुने बताएकी छिन् ।

एमसीसी अघि बढाउन राजदूत बेरीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटको अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको भन्दै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे । अमेरिका मानव विकास संसाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै राजदूत बेरीले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गरिने बताए । साथै ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसस्सी) अगाडि बढाउन पहल गरिदिन उनले मन्त्री भुसालसँग आग्रह गरे । मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पुर्‍याएको सहयोग महत्त्वपूर्ण रहेको बताइन् । एमसीसीबारे राजदूतले गरेको आग्रहप्रति उनले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने धारणा राखिन् । रासस

नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ बाझिएका कारण अहिलेको संकट : श्याम शरण

भारतका पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व राजदूत श्याम शरणले नेपालमा अमेरिकी र चिनियाँ प्रतिष्पर्धाका कारण अहिलेको संकट उत्पन्न भएको दाबी गरेका छन् । अमेरिका र चिनियाँ प्रतिष्पर्धामा भारत सिमान्त बनेको पनि उनको भनाई छ । पूर्व राजदूत शरणले दि ट्रिबुनमा एउटा लेख लेख्दै प्रधानमन्त्री ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा रहेको र प्रचण्डलगायत नेताहरु त्यसको विपक्षमा रहेका कारण संसद विघटन गरिएको र नेकपा फुटेको बताएका छन् । उनले लेखेका छन्, ‘यो संकटमा अमेरिकाको भूमिका हुन सक्छ किनकि उसको महत्वाकांक्षी पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पहल प्रचण्ड र एनसीपीका अन्य नेताहरूले विरोध गरिरहेका थिए यद्यपि ओलीले उनको स्वीकृति दिएका थिए । भनिन्छ कि यसको विपक्षीहरूले चीनको तर्फबाट काम गरिरहेका थिए । त्यो अवस्थामा, भारत एक साइड शो हुने खतरामा छ जुन नेपालमा अमेरिका–चीन पावर प्लेको रूपमा देखा पर्न सक्छ ।’ उनले नेपालमा अमेरिका वा बेलायत जुनसुकै देशसँग काम गरेपनि भारतले नेतृत्व गरिरहेको बताएका छन् । शररण अगाडि लेख्छन्, ‘यदि भारतले चीनले अमेरिकी एजेन्डाका अनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने भारतसँगको यसको दुस्मनी बढ्दो हुनेछ । यदि नेतृत्व लिने अमेरिका नै हो भने नेपालमा भारतीय र अमेरिकी हितको संयोजन हुँदैन । विगतमा हामीले अमेरिका र बेलायतका साथ नेपालमा साझेदारका रूपमा काम गरेका छौं तर भारतको नेतृत्वमा । नेपालमा भारतीय प्रभाव कायम राख्नको सट्टा हामी सीमान्तकृत हुनेछौं ।’ श्याम शरणले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतले भूमिका खेल्ने पनि बताएका छन् । ‘भारतले नेपालमा चीनको चुनौती सामना गर्नुपर्दछ’ उनले लेखेका छन्, ‘नेपालको आर्थिक र सामाजिक विकासको लागि भारतलाई छनौटको साझेदारको रूपमा राखेर भारतले आफ्नो पर्याप्त उपस्थिति कायम राख्न सक्छ । ठूलो शक्ति मुठभेडमा फस्ने नेपाल भारतको हितमा छैन ।’ श्याम शरणले भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुर्स्थापनाको पहल गरिरहरको पनि खुलासा गरेका छन् । नेकपाको हालै भएको विभाजन रोक्न चिनियाँ पक्षको दौडधुप चलिरहेको पनि शरणको दाबी छ । उहले चिनियाँ ...

चीनका लागि नवनियुक्त राजदूत पाण्डे भन्छन्– नेपालको सर्वोपरि हितमा काम गर्छु

चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल र चीनको सम्बन्ध थप सुदृढ गर्ने र नेपाली