चीनको नक्कल गर्दै ईयू : बीआरआईलाई काउन्टर गर्ने 'ग्लोबल गेटवे' होला सफल ?

चीनले संरचना निर्माण तथा सम्पर्क वृद्धिका लागि ल्याएको बेल्ट यान्ड रोड इनिसिएटिभ (बीआरआई) बाट प्रेरित भएर पश्चिमका शक्तिशाली मुलुकहरूले त्यस्तै किसिमको परियोजना सार्वजनिक गर्न थालेका छन् । बीआरआई भूराजनीतिक रूपमा कति महत्त्वपूर्ण परियोजना रहेछ र चिनियाँ नेताहरू कति दूरदर्शी रहेछन् भन्ने कुरालाई पश्चिमको यो होडबाजीले थप पुष्टि गरेको छ । केही महिनाअघि जी७ मुलुकहरूले बिल्ड ब्याक बेटर वर्ल्ड (बी३डब्ल्यू) परियोजनाको घोषणा गरेर निम्न तथा मध्यम आय भएका मुलुकहरूका लागि ४०० खर्ब बराबरको भौतिक संरचना निर्माणमा लगानी गर्ने योजना सार्व...

सम्बन्धित सामग्री

ईयूको सुरक्षा सूचीबाट हटाउने पहलका लागि परिसंघको आग्रह

काठमाडौं। नेपाल उद्योग परिसंघले नेपालको हवाई सेवा यूरोपियन युनियन (ईयू)को सुरक्षा सूचीबाट हटाउने पहल थाल्न सरकारलाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरी परिसंघले यस्तो आग्रह गरेको हो ।  नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, ईयूले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा परिसंघले मन्त्री किरातीसँग छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले यूरोपसँगको सीधा हवाई सम्पर्क पुन: स्थापित गर्न प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । यूरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपालका उड्डयन क्षेत्रलाई ईयूको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउन पहल गर्नुपर्ने खाँचो उनले औंल्याए । परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको अध्यक्ष अग्रवालले जानकारी गराए । साथै मन्त्रालयसँग नजिक रहेर काम गर्न परिसंघ प्रतिबद्ध रहेको उनले बताए । परिसंघले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि समेत मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मी गन्तव्यको रूपमा विकास एवं प्रवर्द्धन, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नति, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायत विषयमा समेत परिसंघले चासो राखेको छ ।  छलफलमा मन्त्री किरातीले नेपालको हवाई सेवा ईयूको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको बताए । ईयूसँग पुन: सीधा हवाई सम्पर्क स्थापित गर्न सरकारले विभिन्न माध्यमबाट संवाद अघि बढाएको उनको भनाइ थियो । नेपाल महँगो गन्तव्य भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि करको विषयमा आफ्नो असहमति रहेको समेत उनले बताए । नेपालका दुर्गम स्थानमा सेवा प्रवाह र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन जहाज खरीदको तयारी भइरहेको जानकारी समेत मन्त्री किरातीले दिए । पर्यटन उद्योगको विकासका लागि सरकारले परिसंघसँग मिलेर काम गर्ने उनले बताए ।

महमा सफल महालक्ष्मी : जापानदेखि चीनसम्म निर्यात

काठमाडौं । करीब २७ वर्षअघि महालक्ष्मी श्रेष्ठले नेपाली बजारका लागि उत्पादन शुरू गरेको मह अहिले जापानसम्म निर्यात हुन थालेको छ । उनले उत्पादन गर्ने ‘टीबीएस प्योर हनी’ र ‘केएएसटीआई हिमालयन हनी’ जापान, चीनलगायत देशमा निर्यात हुन थालेको हो । उनको कम्पनी बी किपिङ सपले वार्षिक रूपमा उत्पादन गर्ने विभिन्न थरीका करीब १२ टन महमध्ये १० प्रतिशतजति जापान र चीन निर्यात हुन्छ । गुणस्तरका हिसाबले विदेशीभन्दा राम्रो मानिने भएकाले यूरोपेली मुलुकमा समेत नेपाली महको माग छ । तर, यूरोपियन संघ (ईयू) ले मह आयात गर्ने तेस्रो मुलुकको सूचीमा नेपाललाई नराखेकाले त्यहाँ निर्यात गर्न नसकिएको उनले सुनाइन् । नेशनल रेसिड्यू मोनिटरिङ प्लान (एनआरएमपी) कार्यान्वयनमा कमजोरी रहेको भन्दै ईयूले नेपाललाई तेस्रो मुलुकको सूचीमा नराखेको हो ।  उनको कम्पनीले चितवन र दाङमा ८० ओटा घारमा मौरीपालन गरी मह उत्पादन गरिरहेको छ । त्यसबाहेक कैलाली, प्युठान, दाङ, बर्दियालगायत जिल्लाका मौरीपालकसँग किनेर गुणस्तर जाँच गरी ब्रान्डिङसहित बजार पठाउने काम कम्पनीले गरिरहेको छ । नेपालमा उनकै बी किपिङ सप, अनलाइन सप दराज र सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट मह बिक्री हुन्छ । विदेश निर्यातको काम बी किपिङ सपले नै गरिरहेको श्रेष्ठले बताइन् ।  उनको कम्पनीमा मौरीले चिउरी, तोरी, लिची, फापरजस्ता वनस्पतिको फूल चुसेर बनाएको अग्र्यानिक मह पाइने श्रेष्ठले बताइन् । दुवै ब्रान्डका महको मूल्य गुणस्तरअनुसार किलोमा ९ सयदेखि १ हजार २०० रुपैयाँसम्म पर्छ । ‘करीब १ लाख रुपैयाँको सानो लगानीमा शुरू गरेको व्यवसायमा आम्दानी राम्रो नभए पनि मेहनत जारी राखें । मैले उत्पादन गरेको मह एकपटक चाखिसकेका ग्राहक फर्केर आउन थालेपछि विस्तारै बजारको आकार बढ्यो र नाफा पनि हुन थाल्यो,’ श्रेष्ठ भन्छिन्, ‘अहिले मेरो सबै खर्च यही व्यवसायले धानेको छ ।’  बी किपिङ सपको योजना बनाउनुअघि नेपालको शहरी क्षेत्रमा मह खाने चलन खासै विकास नभएको उनको अनुभव छ । ‘थोरै मानिसले विदेशी ब्रान्डका मह किनेर खाने गरेको मेरो अनुसन्धानले देखाएको छ,’ श्रेष्ठले भनिन् । वनस्पति शास्त्रको विद्यार्थी उनी त्यसबेला नेदरल्यान्ड सरकारको सहयोगमा सञ्चालित एसएनभी परियोजनामा नेपाली महको गुणस्तर र आधुनिक मौरीपालनसम्बन्धी अनुसन्धान गर्थिन् । त्यही अनुसन्धानपछि नेपालमा व्यावसायिक मौरीपालनको राम्रो सम्भावना देखेर करीब २७ वर्षअघि काम शुरू गरेको उनले सुनाइन् । अहिले उनको व्यवसायमा ३० जना मौरीपालक किसान र ५ कामदार गरी ३५ जनाले रोजगारी पाएका छन् । अझै पनि नेपालमा मौरीपालनको कुल सम्भावनाको १० देखि १५ प्रतिशत मात्र काम भएको उनको अनुमान छ । ‘ललितपुरको मानभवनमा बी किपिङ सप शुरू गर्दा परिवार, साथीभाइ र आफन्तले समेत वनस्पति शास्त्रमा स्नातकोत्तर गरेको मान्छेले किन यस्तो काम गरेको भनेर निरुत्साहित गर्न खोजे,’ उनले विगत सम्झिइन्, ‘तर, मैले हिम्मत हारिनँ । जागीर खान नसकेर यो काम गरेको पनि थिइनँ । इच्छाले शुरू गरेको काममा निरन्तर लागिरहें । उत्पादनको गुणस्तरमा ध्यान दिएर काम गरिरहें, जसले आज मलाई सफल महिला उद्यमीको रूपमा उभ्याएको छ ।’