गण्डकी सरकारद्वारा म्याग्दीका पशुपालक कृषकलाई ४ करोड २५ लाख सहयोग

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार म्याग्दीका पशुपालक कृषकहरूका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका क्रममा उक्त रकम कृषकलाई सहयोग गरेको हाे।म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषकलाई लक्षित गरेर पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावितलाई गण्डकीको १ करोड, पोखराको ५० लाख

पोखरा । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । ‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका […] The post भूकम्प प्रभावितलाई गण्डकीको १ करोड, पोखराको ५० लाख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

व्यक्ति पोस्ने अनुदानमा सुधार, पूर्वाधार विकास कार्यक्रमको निरन्तरता

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि उत्पादनको आधारमा मात्रै अनुदान दिने भएको छ। उत्पादनअगावै किसानलाई अनुदान दिने प्रथाको अन्त्य गरेको छ। ‘खाद्यान्‍न, दुध, तरकारी, फलफूल, माछामासुमा आत्मनिर्भर हुन सहयोग पुग्ने गरी उत्पादनमा आधारित अनुदान उपलब्ध गराउन ७ करोड ३० लाख बजेट विनियोजन गरेको छु’, गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार बजेट प्रस्तुत गर्दै भने। […]

एक करोड लगानीमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मंंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले नि:शुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रू. एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतवार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा शुरू गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रूपमा शुभारम्भ गरिएको हो । उद्यानमा संग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए । ‘बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रूपमा उद्यान बनाएका हौंं, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ,’ उनले भने । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । त्यसैगरी थप पाँच आना क्षेत्रफलको जग्गा खरीद गर्न गाउँपालिका अध्यक्ष रोकाले रू. एक लाख र मंगला युवा क्लबले रू. दुई लाख आर्थिक सहयोग गरेका थिए । आइतवार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि आफूहरूले दान गरेको जग्गादाता अधिकारीले बताए । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रू. १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्रहालय भवन बनाउन रू. १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि रू. सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले रू. ६० लाखभन्दा बढी लगानी गरेको बताइएको छ । उद्यानलाई हरियालीयुक्त र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मंंगलामा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिइन् । रासस

बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितर...

गण्डकी प्रादेशिक अस्पतालमा ८५० कोभिड बिरामीको उपचार

गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ । अस्पतालका निर्देशक डा.विकास गौचनका अनुसार प्रदेश सरकारले कोरोना सङ्क्रमणका प्रति बिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको उल्लेख गर्दै गत आवमा रु ११ करोड ४१ लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । पोखरा महानगरपालिका–३० मोहोरियामा सञ्चालित कूल ५० शय्याको उक्त अस्पतालमा हाल २७ कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहको छ ।गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल (ज

जलवायु समानुकूलन सुधार आयोजानलाई ३ अर्ब २७ करोड अनुदान प्राप्त

काठमाडौं। गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा पारिस्थितिक प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाको लागि २ करोड ७४ लाख अमेरिकी डलर (३ अर्ब २७ करोड ४९ लाख ६८ हजार ५६० रुपैयाँ) अनुदान सहयोग प्राप्त हुने भएको छ। उक्त अनुदान सहायता हरित जलवायु कोष (आइयूसीएन) मार्फत प्राप्त हुने भएको हो। हालैमात्र मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायता स्वकार गर्ने निर्णय गरेको हो।

गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

असार १, कास्की । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पूँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ २४ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ३० अर्ब ३ करोड ९४ लाखको बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समनीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको छ । शसर्त अनुदान ४ अर्ब १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँट ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ । त्यसमा प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यस वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्बमध्ये आन्तरिक ऋण १ अर्ब र नेपाल सरकारबाट १ अर्ब ऋणबाट पूर्ती गरिने कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।  अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले चालूतर्फ ४३ दशमलव ५ प्रतिशत र पूँजीतर्फ ५५ दशमलव ७ प्रतिशत, वित्तीय व्यवस्थापनमा शून्य दशमलव ८ प्रतिशत बजेट रहेको बताए । गत आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । मुख्यमन्त्री पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको मुख्यमन्त्री पोखरेलले बताए । उनले वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको बताए । एकल कर प्रशासनमार्फत संकलन हुने स्थानीय तहलाई राजस्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।  उनले प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने र कोरोनाबाट अभिभावक गुमाएका असहाय बालबालिकाका लागि मासिक ५ हजारका दरले उपलब्ध गराइने बताए ।  सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदैं यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरि अस्पताललाई स्तरोन्नति गरिने उनले बताए ।  प्रदेश प्रमुख पोखरेलले प्रदेशका प्रत्येक जिल्ला अस्पतालहरुमा २ देखि ५ शय्याको सघन उपचार कक्ष स्थापना हुने र आँखा, डायलाइसिस, ज्येष्ठ नागरिक वार्ड लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । गण्डकी प्रदेशका विश्वविद्यालयमा ३५० शय्याको जनरल, ५० शय्याको मुटु रोग, ५० शय्याको अर्बुद र ५० शय्याको मिगौला रोग अस्पतालको निर्माणका लागि बजेट विनियोजन गरेको पोखरेलले बताए ।  अर्थमन्त्री पोखरेलले नेपाल सरकारसँगको समन्वयमा बागलुङको बिहुँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने बताए ।  त्यसैगरी, पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरीय बसपार्क निर्माण थालिने, विपन्न वर्गको क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौलको उपचारमा सहयोग गर्ने पोखरेलले बताए । उनले लौहादी फलाम खानीको सम्भाव्यता अध्याय गर्ने, संघिय सरकारको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरिएको बताए ।

साढे पाँच करोड लगानी होमस्टेमा

लमजुङमा सञ्चालित घरबास अर्थात् होमस्टे प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले करिब साढे पाँच करोड लगानी गरेको छ । प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङमार्फत जिल्लाका होमस्टे प्रवद्र्धनका लागि पाँच करोड ३२ लाख ३७ हजार रुपियाँ लगानी गरेको हो । ग्रामीण भेगमा सञ्चालित घरबास कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि प्रदेशले बजेट विनियोजन गर्दै आएको छ । डिभिजन वन कार्यालय लमजुङका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीका अनुसार प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि होमस्टेमा लगानी गरेको हो । अनुदानबाट होमस्टेमा विभिन्न पूर्वाधार निर्माण भएको छ । लमजुङका होमस्टेमा पर्यटकलाई आकर्षित गर्न भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको हो ।

पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि डेढ करोड संकलन

जेठ ७, कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रू. एक करोड ५१ लाख सात हजार ६४० सहयोग संकलन भएको छ ।  प्लान्ट स्थापनाका लागि ‘रू. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन गरिएको थियो । पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइनेशनको सक्रियतामा शुरु गरिएको अक्सिजन प्लान्ट स्थापना अभियानमा हालसम्म रू. तीन करोड ३३ लाख ६९ हजार ५१ सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।  नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमणको फैलावट बढ्दै जाँदा अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजनको सहायता आवश्यक परेको र अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि निजी क्षेत्रको अग्रसरतामा अभियान शुरु गरिएको थियो । कोरोनाका बिरामीका लागि ५० शय्या छुट्याएको अस्पतालको आफ्नै प्लान्ट नहुँदा निजी कम्पनीबाट अक्सिजन आपूर्ति हुँदै आएको छ । अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेशनका अध्यक्ष बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समितिसमेत गठन गरिएको छ । सो समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् । कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल छन् । यसैगरी सदस्यमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, एभरेष्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानांग हुनुहुन्छ ।  अक्सिजन प्लान्ट स्थापनाका लागि कम्पनी (भेण्डर) छनोट गर्ने एवम् निर्धारित समयमा द्रुतमार्गबाट स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरणलगायतका काम पारदर्शीरूपमा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको जीवन बचाउने अभियानमा सहभागी हुन समितिले अपिल गरेको छ । रु पाँच करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यसबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने अध्यक्ष बतासले जानकारी दिए । प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नं ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने जानकारी दिइएको छ । रासस

गण्डकी सरकारलाई हुन्डाईको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० लाख बराबरको कोभिड–१९ उपचारमा आवश्यक पीपीईलगायत स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । लक्ष्मी कन्टिनेन्टलले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा उक्त सहयोग उपलब्ध गराएको हो । कोरोना महामारीको संक्रमण रोकथाममा सहयोग पु¥याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । यो सहयोगले बिरामीलाई समयमै र सही तरिकाले उपचार गर्न सहज हुने अपेक्षा कम्पनीको छ । लक्ष्मी हुन्डाईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिबर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।  कम्पनीले यसअघि ०७२ को भूकम्पमा नेपाल रेडक्रसलाई, चन्द्रोदय आधारभूमि विद्यालयको भवन निर्माण, गोरखाको पुनर्निर्माणलगायतमा सहयोग गरेको थियो ।