गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

असार १, कास्की । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पूँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ २४ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ३० अर्ब ३ करोड ९४ लाखको बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समनीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको छ । शसर्त अनुदान ४ अर्ब १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँट ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ । त्यसमा प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यस वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्बमध्ये आन्तरिक ऋण १ अर्ब र नेपाल सरकारबाट १ अर्ब ऋणबाट पूर्ती गरिने कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।  अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले चालूतर्फ ४३ दशमलव ५ प्रतिशत र पूँजीतर्फ ५५ दशमलव ७ प्रतिशत, वित्तीय व्यवस्थापनमा शून्य दशमलव ८ प्रतिशत बजेट रहेको बताए । गत आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । मुख्यमन्त्री पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको मुख्यमन्त्री पोखरेलले बताए । उनले वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको बताए । एकल कर प्रशासनमार्फत संकलन हुने स्थानीय तहलाई राजस्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।  उनले प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने र कोरोनाबाट अभिभावक गुमाएका असहाय बालबालिकाका लागि मासिक ५ हजारका दरले उपलब्ध गराइने बताए ।  सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदैं यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरि अस्पताललाई स्तरोन्नति गरिने उनले बताए ।  प्रदेश प्रमुख पोखरेलले प्रदेशका प्रत्येक जिल्ला अस्पतालहरुमा २ देखि ५ शय्याको सघन उपचार कक्ष स्थापना हुने र आँखा, डायलाइसिस, ज्येष्ठ नागरिक वार्ड लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । गण्डकी प्रदेशका विश्वविद्यालयमा ३५० शय्याको जनरल, ५० शय्याको मुटु रोग, ५० शय्याको अर्बुद र ५० शय्याको मिगौला रोग अस्पतालको निर्माणका लागि बजेट विनियोजन गरेको पोखरेलले बताए ।  अर्थमन्त्री पोखरेलले नेपाल सरकारसँगको समन्वयमा बागलुङको बिहुँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने बताए ।  त्यसैगरी, पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरीय बसपार्क निर्माण थालिने, विपन्न वर्गको क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौलको उपचारमा सहयोग गर्ने पोखरेलले बताए । उनले लौहादी फलाम खानीको सम्भाव्यता अध्याय गर्ने, संघिय सरकारको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरिएको बताए ।

सम्बन्धित सामग्री

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

घोराही उपमहानगरको बजेट २ अर्ब ३२ करोड

दाङस्थित घोराही उपमहानगरपालिकाले २ अर्ब ३२ करोड बढी बजेट ल्याएको छ। नयाँ आर्थिक वर्षका लागि यो उपमहानगरले २ अर्ब ३२ करोड ९० लाख ९१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको हो।...

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ […]

सुदूरपश्चिमकाे बजेट ३६ अर्ब ७४ करोड

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभाको बैठकमा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका छन्। यो बजेट चालू आर्थिक वर्षको भन्दा ६ अर्ब ४१ करोड बढी छ।...

सुदूरपश्चिमको बजेट ३६ अर्ब, सडकका लागि मात्र ५ अर्ब ६० करोड विनियोजन

सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी […]

धनकुटाको बजेट दुई अर्ब ६२ करोड

धनकुटा– आगामी आर्थिक वर्ष २०७९/०८० का लागि धनकुटाका सात स्थानीय तहका लागि दुई अर्ब ६२ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट भाषणमा धनकुटाका तीन नगरपालिका र चारवटा गाउँपालिकाका लागि कुल दुई अर्ब ६२ करोड ३९ लाख विनियोजन गरिएको हो । जसमध्ये सबैभन्दा बढी बजेट धनकुटा नगरपालिकाले ४७ करोड चार […]

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड

सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि एक अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ।नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।कुल बजेटमा चालुतर्फ एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ ४३ करोड ३३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ५९ करोड

कञ्चनपुर। भीमदत्त नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक अर्ब ५९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। जसमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु वर्षमा नगरपालिकाले एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो।