काठमाडौं (अस) । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० लाख बराबरको कोभिड–१९ उपचारमा आवश्यक पीपीईलगायत स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
लक्ष्मी कन्टिनेन्टलले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा उक्त सहयोग उपलब्ध गराएको हो । कोरोना महामारीको संक्रमण रोकथाममा सहयोग पु¥याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । यो सहयोगले बिरामीलाई समयमै र सही तरिकाले उपचार गर्न सहज हुने अपेक्षा कम्पनीको छ । लक्ष्मी हुन्डाईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिबर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो । कम्पनीले यसअघि ०७२ को भूकम्पमा नेपाल रेडक्रसलाई, चन्द्रोदय आधारभूमि विद्यालयको भवन निर्माण, गोरखाको पुनर्निर्माणलगायतमा सहयोग गरेको थियो ।