एक करोड लगानीमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मंंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले नि:शुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रू. एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतवार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा शुरू गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रूपमा शुभारम्भ गरिएको हो । उद्यानमा संग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए । ‘बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रूपमा उद्यान बनाएका हौंं, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ,’ उनले भने । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । त्यसैगरी थप पाँच आना क्षेत्रफलको जग्गा खरीद गर्न गाउँपालिका अध्यक्ष रोकाले रू. एक लाख र मंगला युवा क्लबले रू. दुई लाख आर्थिक सहयोग गरेका थिए । आइतवार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि आफूहरूले दान गरेको जग्गादाता अधिकारीले बताए । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रू. १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्रहालय भवन बनाउन रू. १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि रू. सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले रू. ६० लाखभन्दा बढी लगानी गरेको बताइएको छ । उद्यानलाई हरियालीयुक्त र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मंंगलामा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिइन् । रासस

सम्बन्धित सामग्री

पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

काठमाडौँ, २९ असोज । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा […]

महानगरले ६ करोड लगानीमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गर्ने

१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ । ‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र […]

एक करोड व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण

प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् ।  उनले...

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

साढे तीन करोड लगानीमा आठ विद्यालय भवन बन्दै

जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका […]

तीन करोड लगानीमा फलामे पदमार्ग निर्माण

दिपेन्द्र घलेसिन्धुपाल्चोक-संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागको ३ करोड लगानीमा ‘एडभेन्चर भिया फराता’ निर्माण गरिएको छ ।जिल्लाको दुर्गम स्थल मानिने जुगल गाउँपालिकाको जुगल हिमश्रृंखलाका ६ वटा चुचुरोमा आरोहण गर्न आर्कषक ‘भिया फराता’ अर्थात् फलामे पदमार्ग निर्माण गरिएको हो ।अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिंह गुरुङको अगुवाइमा ७ जनाले २५ दिन खर्चिएर ‘एडभेन्चर भिया फराता’ […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो ।मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । मोटरेबल पुल निर्माणका लागि केही […]

७ करोड लगानीमा बनेको युद्ध संग्रहालय आज राष्ट्रपतिले उद्घाटन गर्ने

नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन-सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो।

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...