काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गुल्मीका तीन स्थानीय तहमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । हेफर नेपालसँगको सहकार्य एवं स्थानीय तहहरुसँगको समन्वयनमा बैंकले इस्मा, मालिका र मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो । […]