काठमाडौं (अस)। बैंक अफ काठमाण्डू (बीओके) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका नागरिकलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ ।
बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ–सामग्री निर्माण गरी कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेल तथा हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरे । हाल बैंकले ९७ शाखा, ८५ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।